धरानः प्रदेश नं. १ मा होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा ब्राण्ड बनाएको कलेज युएन, नवोदय कलेजमा भदौ ३ गते प्रवेश परीक्षा (इन्ट्रान्स) हुने भएको छ ।
नेपाल सरकारले तोकेको स्वास्थ्य मापडण्ड अपनाउँदै भदौ ३ गते प्रवेश परीक्षा लिने तयारी थालिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए । ‘एसइई परीक्षाको नतिजा आइसकेको छ, स्वास्थ्य मापदण्ड अपनाएर कक्षा–११ को प्रवेश परीक्षाको तयारी गरेका छौं’, उनले भने ।
उनले कक्षा–११ मा होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट साथै विज्ञान सङ्काय भर्ना खुलिसकेको र प्रवेश परीक्षा लिने जानकारी दिए । प्रदेश १ का अधिकांश जिल्ला (झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर) का विद्यार्थी प्रवेश परीक्षामा सहभागिता जनाउने कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए ।
ए प्लस ग्रेड ल्याउनेलाई एडमिनसमा छुट, ए ग्रेड ल्याउनेलाई ३० प्रतिशत र स्कुल टपरलाई एडमिसनमा ५० प्रतिशत छुट दिइएको उनले जानकारी दिए ।

यस्तै, इन्ट्रान्स टपरलाई एडमिनमा १०० प्रतिशत छात्रवृत्ति, सेकेण्ड टपरलाई ५० प्रतिशत छात्रवृत्ति, थर्ड टपरलाई ३० छुट दिइने उनले जानकारी दिए । खेलकुद, नृत्य, गायन, एक्टिङ, ब्युटी कन्टेस्टलगायत अन्य अतिरिक्त क्रियाकलापमा अब्बल र प्रतिभावानलाई हेरेर आकर्षक छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ । ‘नगरस्तरीय, प्रदेशस्तरीय वा अन्य प्रतिभावान विद्यार्थीलाई पनि आकर्षक छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको छ’, कलेजका प्रमुख तुम्बापोले भने ।
युएनका विद्यार्थीले प्रदेश १ मै प्रथम नतिजा हासिल गर्दै आएका छन् । यसअघिका विद्यार्थी स्मृति रोका मगर होटल म्यानेजमेण्टमा प्रदेश १ प्रथम बनेकी थिइन् । उनले ७९ प्रतिशत नतिजा ल्याएकी थिइन् भने ७६.८ प्रतिशत नतिजा ल्याउँदै आकाश तामाङ प्रदेश १ प्रथम बनेका छन् । यस्तै, होटल म्यानेजमेण्टमै ७५.६ प्रतिशत नतिजा ल्याएर सजना राई प्रदेश १ प्रथम बनेकी छिन् ।
म्युजिक कक्षा, छात्रा होस्टल, कलेज बसलगायतका विद्यार्थीलाई सुविधा दिइएको कलेजले जनाएको छ ।

यसपटकदेखि सञ्चालनमा आएको विज्ञान सङ्कायमा डाक्टर र चिकित्सकको संलग्नतामा विज्ञान सङ्काय सञ्चालन भइरहेको उनले जानकारी दिए । ‘इन्जिनियरिङ क्याम्पसका अध्यापक र धरानस्थित बीपी प्रतिष्ठानका चिकित्सकहरुको संलग्नतामा फरक तरिकाले विज्ञान सङ्काय पनि सञ्चालन भइरहेको छ’, उनले भने, ‘यसको उद्देश्य यो हो कि विज्ञान सङ्कायलाई पनि प्रदेश १ मै ब्राण्ड बनाउने ध्येय हो ।’
यस वर्षदेखि विज्ञान सङ्काय पनि भित्रयाएको र पूर्वमै सुविधासम्पन्न साइन्स ल्याब सञ्चालनमा ल्याइएको उनको दावी छ । उनले परम्परागत तरिकाले भन्दा अलि फरक तरिकाले विज्ञान सङ्काय शुरुवात गर्न लागिएको जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको विद्यार्थीले यो सङ्काय पढेर डाक्टर कि इन्जिनियर बनुन् भन्ने हो’, उनले भने, ‘त्यो उद्देश्य पूरा गर्न हरतरहले लाग्नेछौं ।’ उनले सो सङ्कायका लागि डाक्टर र इन्जिनियरले विशेष कक्षा सञ्चालन गर्ने पनि जानकारी दिए । ‘कसरी डाक्टर बन्ने र कसरी इन्जिनियर बन्ने भन्नेबारेमा डाक्टर र इन्जिनियर बोलाएर विद्यार्थीका लागि विशेष कक्षा चलाउने तयारी गरिरहेका छौं ।’
कलेजमा हाल बिएचएम र बिबिएस पनि पठनपाठन हुन्छ । यी सङ्कायमा पनि विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । ‘खासमा विद्यार्थी, अभिभावक र अध्यापकहरुको अथक मिहिनेत, परिश्रमले हाम्रा विद्यार्थीको अहिलेसम्म प्रदेश १ मै उत्कृष्ट र देशभरमै पनि सेकेण्ड टपर बन्दै कलेजको गरिमालाई उच्च बनाएका छन्, यसमै हामीले गर्व गर्ने ठाउँ रहेको छ ।’ उनी भन्छन् । Advt.

