Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस वर्ष नेपाल आइडलको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान

हाम्रो कोशी आवाज
भाद्र ४ २०७८, शुक्रबार
यस वर्ष नेपाल आइडलको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान

धरानः चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’ का निर्णायक यस वर्षदेखि नयाँ आउने भएका छन् ।
फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि नयाँ निर्णायकमा गायक एवं वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् ।
नेपाल आइडल सीजन–४ मा तीनजना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । सीजन–३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शो मा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन–४ का लागि नयाँ निर्णायक टिम चयन गरेको हो ।

प्रकाशित मिति: भाद्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend