Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आदर्शद्वारा फुटबल खेलमा खप्पिस ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

हाम्रो कोशी आवाज
भाद्र ५ २०७८, शनिबार
धरान आदर्शद्वारा फुटबल खेलमा खप्पिस ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

धरानः धरान–१ स्थित धरान आदर्शले फुटबल खेलमा खप्पिस ८ जना विद्यार्थीलाई कक्षा-११ मा छात्रवृत्ति प्रदान गरेको छ ।
८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले जानकारी दिए । सुनिल मगर, सक्षम देवान, निकेश लिम्बू, कविर तामाङ, पुरन चौधरी, रवि मादेन, पृथ्वी गुरुङ र रमेश मेहतालाई छात्रवृत्ति दिइएको उनले जानकारी दिए ।
‘यी ८ जना विद्यार्थी धरानका विभिन्न स्कुलबाट धरान आदर्शमा भर्ना भएका हुन्’, उनले भने, ‘धरान आदर्शले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिने हुनाले यिनीहरुको प्रतिभा फुटबलतिर रहेछ, यिनीहरु फुटबलमा खप्पिस रहेको पाइयो, विद्यालयमा पढ्दा पनि उनीहरुले फुटबलमा अब्बलता कायम गरेको पाइयो, त्यही भएर उनीहरुलाई छात्रवृत्ति दिने निर्णय गरयौं ।’
उनले कलेजले फुटबल, भलिबल, गीत, सङ्गीत, नृत्य, क्वीजलगायत अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको उनले जानकारी दिए । ‘हामीले अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएका छौं, हिसानलगायतका संस्थाले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा हारेका छैनौं’, उनले भने ।
उनले कक्षा–११ को कक्षा सञ्चालन गरिएको पनि जानकारी गराए । ‘बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गरिसकेका छौं’, उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी भयो, विद्यार्थीको उत्साहजनक सहभागिता छ ।’

प्रकाशित मिति: भाद्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend