धरानः धरानमा इन्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलले कार्यक्रम आयोजना गरेको छ ।
उत्साह र कोभिडविरुद्धको नियमको पालनाका साथ सन् २०२१, १९ अगष्टका दिन ‘चौंथो इन्स्टलेसन’ कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष रोट्रियन तुलसीप्रसाद वस्ती रहेका थिए । कार्यक्रममा रोटरी क्लब अफ धरान घोपाका इन्टरयाक्ट कोअर्डिनेटर रोट्रियन ईश्वर ताम्राकार, इन्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलका सल्लाहकार आत्मविकास, जोन १ का जिआर इन्टरयाक्टर खुसी श्रेष्ठ, क्लब अफ विष्णु मेमोरियलका वर्तमान अध्यक्ष इन्टरयाक्टर मिङ्सोमा लिम्बू, क्लब अफ विष्णु मेमोरियलका निवर्तमान अध्यक्ष इन्टरयाक्टर लक्की अग्रवाल, विष्णु मेमोरियल माध्यमिक विद्यालयका माध्यमिक तहका कोअर्डिनेटर शम्भु रेग्मी, रोट्रयाक्ट क्लब अफ धरान घोपाका अध्यक्ष रोटयाक्टर रिवाज अधिकारीलगायत अतिथिका रुपमा उपस्थित रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरेर गरेका थिए । ४ बजेबाट औपचारिकरुपमा कार्यक्रम शरु भएको थियो । कार्यक्रममा इन्टर्याक्टर स्वर्ण श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा विविधता र मनोरञ्जन ल्याउनका लागि अर्की इन्टर्याक्टर सिम्रिका मोक्तानले नृत्य प्रस्तुत गरिन् । इन्टर्याक्ट क्लब अफ विष्णु मेमोरियलका निवर्तमान अध्यक्ष इन्टर्याक्टर लक्की अग्रवालले अध्यक्ष पद हस्तान्तरण गर्दै उनले आफ्नो भनाइलाई टुङ्ग्याएर इन्टर्याक्टर शुसाङक सापकोटाई ‘इन्टररयाक्टर अफ द इयर’ पुरस्कारले पुरस्कृत गरेकी थिइन् ।
कार्यक्रममा इन्टरयाक्टर क्लब अफ विष्णु मेमोरियलका पूर्व सचिव इन्टरयाक्टर सुशाङ्क सापकोटाले वर्षभरि भएका ३९ वटा कार्यक्रमहरुका साथै अन्य कुराको पनि विवरण दिएका थिए । उनले इन्टरनेट क्वीजका विजेता इन्टरयाक्टर प्रतिष्ठा श्रेष्ठलाई पनि पुरस्कृत गरेका थिए । जोन १ का जिआर इन्टरयाक्टर खुसी श्रेष्ठले इन्टरयाक्टर क्लब अफ विष्णु मेमोरियलका वर्तमान अध्यक्ष इन्टरयाक्टर मिङ्सोमा लिम्बूलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा सल्लाहकार आत्म विकासलाई हौसलाका केही शब्दहरु राखेका थिए । कार्यक्रममा रोटरी क्लब अफ धरान घोपाका इन्टरयाक्ट कोअर्डिनेटर रोट्रियन ईश्वर ताम्राकार, रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष रोट्रियन तुलसीप्रसाद वस्ती, जोन १ का जिआर इन्टरयाक्टर खुसी श्रेष्ठ, इन्टरयाक्टर शुस्रुत अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा इन्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलका वर्तमान अध्यक्ष इन्टयाक्टर मिङ्सोमा लिम्बूलाई मायाको चिनो र अतिथिहरुलाई खदा ओढाएर सम्मान गरिएको थियो । इन्टरयाक्टर आर्शु रेग्मीले धन्यवादको मन्तव्य राखेकी थिइन् भने । कार्यक्रमको सञ्चालन इन्टरयाक्टर प्रतिष्ठा श्रेष्ठले गरेकी थिइन् ।
यस कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य आधिकारिक रुपमा नयाँ बोर्ड अफ डाइरेक्टर्सलाई पद हस्तान्तरण गर्नु र अघिल्लो कार्यकालको सफल उपलब्धिको सम्झना गर्नु हो ।



