Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पढाइ सकेपछि जागिर !

हाम्रो कोशी आवाज
भाद्र ८ २०७८, मंगलबार
पढाइ सकेपछि जागिर !

धरानः एसईईको नतिजा आइसकेको धेरै विद्यार्थी के पढ्ने, कहाँ पढ्ने अन्यौलता कायमै छ । कक्षा–११ र १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि के बन्ने ? कस्तो अवसर पाइन्छ ? जस्ता विषयमा विद्यार्थी अन्योलमा छन् ।
विद्यार्थीहरुले आफ्नो जिपिएअनुसार भन्दापनि आफूलाई के पढ्न मन लागेको छ, त्यतातिर ध्यान दिएर कलेज छान्दा राम्रो हुन्छ र अर्कोकुरा कलेजको भौतिक सुविधाभन्दा शैक्षिक वातावरण र शैक्षिकस्तर कस्तो छ भन्ने प्रत्येक विद्यार्थीले नियाल्नुपर्छ । त्यहाँ कस्तो शिक्षकले पढाउँछन्, विगतको परीक्षाफल कस्तो छ, व्यवहारिक शिक्षाको लागि आवश्यक प्रयोगशालाको अवस्था कस्तो छ ? जस्ता कुराहरू बुझेर मात्रै भर्ना हुने निर्णय गर्दा उपयुक्त हुन्छ ।
तपाईंलाई नेपालमै पढाइ हुने फुड एण्ड डेरीबारे थाहा छ ? यो कस्तो विषय हो र यसको स्कोप कस्तो छ ? भन्नेबारे अधिकाङ्श विद्यार्थी र अभिभावक जानकार नभएको पाइएको छ । त्यसैकारण फुड एण्ड डेरीको अध्ययनमा अझैपनि ठूलो संख्यामा विद्यार्थीहरु आकर्षित हुन सकेका छैनन् ।
पढेर जागिर पाइँदैन र केही गर्न सकिँदैन भन्ने आम मान्यतालाई चुनौती दिनसक्ने यो कोर्षमा विद्यार्थीको आकर्षण कम किन भन्ने कुरा अझै अन्यौलमै छ । तर, यो विषय लिएर पढ्नेहरु प्रायः बेरोजगार बसेको पाइँदैन । धरानस्थित नाष्ट कलेजका प्रिन्सिपल टोमप्रसाद आचार्य भन्छन्, ‘यो विषय पढेपछि सहजै जागिर मिल्छ, तर पनि विद्यार्थी यसतर्फ त्यति आकर्षित भएको पाइएको छैन तर पछिल्लो समय विस्तारै विद्यार्थीको आकर्षण पनि बढिरहेको छ ।’
प्रिन्सिपल आचार्यले कलेजमा डिप्लोमा इन फुड एण्ड डेरी विषयको अध्ययन सकेपछि कलेजले नै जागिरको प्रबन्ध गर्दै आएको दावी गर्छन् । ‘विशेषतः यो विषयको पढाइ तीन वर्षको हुन्छ, एसईई सकेका वा अन्यले तीन वर्षसम्म अध्ययन गर्नुपर्ने हुन्छ । त्यसपछि कलेजले नै जागिरको प्रबन्ध पनि गर्दै आएको छ ।’ उनले भने ।
कलेजका सहायक प्रिन्सिपल सूर्य रिजालले फुण्ड एण्ड डेरी पढेपछि जागिर हातैमा रहेको बताउँछन् । ‘यो तीन वर्षे कोर्ष हुन्छ, यसमा ३ महिना ओजिटी पनि गर्नुपर्ने हुन्छ, ओजिटीपछि जागिरको ग्यारेण्टी छ ।’ कलेजमा प्लस टुतर्फ धरानमै उत्कृष्ट अध्ययन अध्यापन एवम् न्यूनतम शुल्क समायोजन रहेको उनी बताउँछन् ।

के हो फुड एण्ड डेरी ?
दूधबाट उत्पादन हुने खाद्य पदार्थबारे गहिरो ज्ञान दिने विषय नै डेरी टेक्नोलोजी हो । त्यस्ता पदार्थको स्वस्थकर उत्पादन, बजारको माग अध्ययन र उत्पादित परिकारले जनस्वास्थ्यमा पर्ने प्रभावबारे थाहा पाउन पनि डेरी टेक्नोलोजीको अध्ययन आवश्यक छ । विशेषगरी स्वस्थकर दूग्धजन्य पदार्थको उत्पादन, गुणस्तर नियन्त्रण र बजार व्यवस्थापनमा यो विषय केन्द्रित हुन्छ । यस्तै दूधबाट विभिन्न दूग्धजन्य पदार्थलाई तयार गर्न यसले पोख्त बनाउँछ । खाद्यान्नको सुरक्षाका लागि यसले प्राविधिक ज्ञान प्रदान गर्छ । अहिले नेपालमा डेरी टेक्नोलोजी अध्ययन गरेका ठूलो जनशक्ति डेरी उद्योगमा कार्यरत छन् ।
यस्तै, उद्योगबाट उत्पादित वस्तुसँग पनि यसले सम्बन्ध राख्छ । उत्पादित वस्तुलाई कसरी पकाउने र कसरी खानेलगायतका विषय सिकाउँछ । खाद्यवस्तु कस्तो छ ? उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भएको छ कि छैन ? खाद्यवस्तु उत्पादन गर्दा चाहिने आवश्यक तत्व छ कि छैन ? कसरी खाद्यवस्तु उत्पादन गरिएको छ भन्ने अनुगमन र अनुसन्धान गर्ने विज्ञ पनि यसले नै उत्पादन गर्छ ।
स्वदेशी जनशक्तिको अभावका कारण नेपाली डेरी उद्योगमा भारतीय प्राविधिकले काम गरिरहेका छन् । नेपालमा फस्टाउँदै गरेको डेरी उद्योगसँगै यस्ता जनशक्तिको माग पनि अझै बढ्ने पक्कापक्की छ । डेरी टेक्नोलोजी बहुउपयोगी र रोजगारमूलक शिक्षा भएको सहायक प्रिन्सिपल रिजाल बताउँछन् ।
नेपालमा यसको अध्यापन शुरु भएको लामो समय भइसक्दा पनि धेरै विद्यार्थीको यो विषयमा रोजाइमा नपर्नु अनौठो भएको उनको भनाइ छ । ‘यो विषय पढ्दा सहजै जागिर पाइन्छ, जति जनाले पढे आज कोहीपनि बेरोजगार छैनन्’, उनी भन्छन् ।
नेपालमा कृषि नै प्रमुख पेशा भएको नेपालमा डेरी शिक्षाको आवश्यकता छ । नेपालमा दूध पिउनेको संख्या ठूलो छ भने दूग्धजन्य पदार्थको बजार निकै फराकिलो हुँदैछ । पछिल्लो समय डेरी व्यवसाय फस्टाउँदै गएकाले नयाँ तरिका र प्रविधिबाट काम गर्न चाहानेहरुका लागि यो महत्वपूर्ण हुने उनको भनाइ छ । अहिले दूग्ध पदार्थको प्रशोधन तथा गुणस्तर व्यवस्थापनका लागि यो शिक्षा अनिवार्य छ । पछिल्लो समयमा व्यवसायिक दूग्ध उत्पादनका लागि पशुपालनको क्रम बढ्दै गएकाले यसमा रोजगारी र स्वरोजगारीको सम्भावना र अवसरहरु पनि बढ्दो छ ।

नाष्टमा अन्य के विषय पठनपाठन हुन्छ ?
वि.सं. २०५७ सालमा स्थापना भएको धरान–१६ स्थित नाष्ट कलेजमा साइन्स, कम्प्युटर साइन्स, फुड एण्ड न्युट्रीसन साथै ३ वर्षे डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी विषयको अध्ययन अध्यापन हुँदै आएको छ ।
यो कलेजले सीमित कोटामा मात्र विद्यार्थी भर्ना गरी पढाउने गरेको छ । विद्यार्थीको संख्या बढाउनुभन्दा कलेजले गुणस्तरीय शिक्षाको लागि सम्पूर्ण भौतिक पूर्वाधार, प्रयोगशाला, प्रोजेक्ट वेष्ट पढाइ, पर्याप्त पुस्तकालयलगायतमा विशेष ध्यान दिइरहेको छ । विगत २१ वर्षदेखि फुड एण्ड डेरी विषय पढाइ हुँदै आएको छ ।
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको कलेजले राम्रो नतिजा ल्याउँदै कलेजको छुट्टै पहिचान बनाइसकेको सहायक प्रिन्सिपल रिजाल बताउँछन् । कलेजबाट पास आउट भइसकेका विद्यार्थीहरुले कलेजले दिएको ज्ञान र आफूले सिकेका सीपको प्रयोग गरेर सफलता हासिल पनि गरिसकेका छन् र गर्दै पनि छन् ।
दक्ष तथा अनुभवी सञ्चालक, कुशल व्यवस्थापन, अनुभवी शिक्षक, उचित एवम् न्यूनतम शुल्क, पर्याप्त पुस्तकालयको व्यवस्था, सम्पूर्ण भौतिक पूर्वाधार साथै उत्कृष्ट शैक्षिक वातावरण भएकाले यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरूले सफलता पाउन सकेका हुन् । कलेजका प्रमुख आचार्य भन्छन्, ‘कलेजले दिने सेवा सुविधा र शिक्षाको गुणस्तरका आधारमा उचित शुल्कमा यहाँ विद्यार्थीले पढ्न पाउँछन् ।’
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भएको बताउँदै कलेज प्रमुख आचार्यले भने, ‘विद्यार्थीको बौद्धिक विकासका लागि विषयगत ज्ञानसँगै प्रयोगात्मक शिक्षा दिन एकदम जरुरी छ । त्यसैले हामीले विषयगत पाठ्यक्रमको आधारमा अभ्यास पनि गराउँदै आएका छौं । विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणका लागि कलेजले सक्दो प्रयास गर्ने गरेको छ । यसका साथै पारिवारिक वातावरणमा पढाइ हुने र विद्यार्थीलाई परामर्शमा जोड दिन्छौं ।’ Advt.

प्रकाशित मिति: भाद्र ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend