Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्भवती र गर्भधारण गर्न चाहने महिलाले कोरोना खोप लगाउँदा हुन्छ

हाम्रो कोशी आवाज
भाद्र १३ २०७८, आइतबार
गर्भवती र गर्भधारण गर्न चाहने महिलाले कोरोना खोप लगाउँदा हुन्छ

कोरोना महामारीको सुरुवातदेखि गर्भवती महिला वा गर्भधारण गर्न चाहने महिलाहरु बढी चिन्तित थिए । आफू कोरोना सङ्क्रमित भएको अवस्थामा के हुन्छ ? के गर्भमा रहेको बच्चा खेर जान्छ वा के गर्भको बच्चामा पनि कोरोना संक्रमण हुन सक्छ ? जस्ता अनेक प्रश्नहरु उब्जेको थियो ।
यस्तै, गर्भधारण गर्न हुन्छ कि हुँदैन ? गर्भधारणपछि कोरोना सङ्क्रमण भयो भने के हुन्छ ? जस्ता प्रश्नहरु अझैपनि कतिपय महिलाहरुले डाक्टरहरुलाई गरिरहेका छन् । यस्तै, कोरोना महामारीबाट जोगिने एकमात्रै विकल्प कोरोनाविरुद्धको खोप हो ।
खोप अहिले पालैपालो सबैले लगाउन थालेका छन्, तर १८ वर्षभन्दा माथिकाले मात्रै । कोरोनाविरुद्धको खोपलाई लिएर पनि गर्भवती महिला र गर्भधारण गर्न चाहने महिलाहरु चिन्तित छन् । खोप लगाउने कि नलगाउने ? लगाउँदा के हुन्छ ? जस्ता प्रश्नहरुका कारण ।
गर्भवती महिला र गर्भधारण गर्न चाहेन महिलाहरुका यी प्रश्नहरुको उत्तर विश्व स्वास्थ्य संगठनसहित विश्वका विभिन्न मुलुकमा भएको अध्ययन र अनुसन्धानले समाधान गरिसकेको छ । भारत, बेलायत, अमेरिका लगायतका विश्वका विभिन्न मुलुकले गर्भवति महिला र गर्भधारण गर्न चाहने महिलाहरुले पनि निर्धक्कसाथ कोरोनाविरुद्धको खोप अब लगाउन सक्छन् भने स्पष्ट पारिसकेका छन् ।
गर्भवती महिलाले निर्धक्कसँग कोरोनाविरुद्धको खोप लगाउँदा हुन्छ । गर्भावस्थामा गर्भमा रहेको बच्चामा कोरोनाविरुद्धको खोपले कुनै असर हुँदैन । गर्भवती महिला जो मधुमेह, मुटुरोगी र रक्तचापका रोगीहरु छन् उनीहरुले अनिवार्य खोप लगाउनुपर्छ । सामान्यतयाः गर्भवती महिलाले आफ्नो चिकित्सकसँग परामर्श गरेर खोप लगाउँदा हुन्छ ।
यस्तै, स्तनपान गराइरहने महिलाले पनि कोरोनाविरुद्धको खोप लगाउँदा हुन्छ । स्तनपान गराइरहने महिलाले खोप लगाएपछि रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने र एन्टीबडी बन्ने र त्यो बच्चामा पनि जाने हुँदा बच्चालाई पनि कोरोनाको सङ्क्रमणबाट जोगाउन सकिन्छ गर्भधारण गर्न चाहने महिलाले कोरोना खोप दुवै मात्रा लगाएर वा एक डोज लगाएपनि केही नराम्रो हुँदैन । कोरोना संक्रमित भइसकेको महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउनुपर्छ ।

प्रकाशित मिति: भाद्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend