Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको लोटसले यस वर्षदेखि म्यानेजमेण्ट र होटल म्यानेजमेण्टको पठनपाठन थाल्ने

हाम्रो कोशी आवाज
भाद्र १३ २०७८, आइतबार
धरानको लोटसले यस वर्षदेखि म्यानेजमेण्ट र होटल म्यानेजमेण्टको पठनपाठन थाल्ने

धरानः धरान-१३ स्थित लोटस विद्या विहारमा यस वर्षदेखि कक्षा–११ सञ्चालनमा आउने भएको छ ।
स्कुलले यस वर्षदेखि ‘कलेज लेवल’ अर्थात् कक्षा–११ र १२ सञ्चालनमा ल्याउने तयारीस्वरुप अघि बढेको जनाइएको छ । यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट र होटल म्यानेजमेण्टको पठनपाठन थाल्ने प्रिन्सिपल सञ्जीता राई (शाही) ले जानकारी दिइन् । उनका अनुसार कक्षा–११ र १२ का लागि धरान–१३ जिरोप्वाइन्ट छेऊमै रहेको भवनमा छुट्टै कक्षा सञ्चालन गर्ने जानकारी दिइन् ।
‘विद्यार्थीका लागि पनि सहज होस् र कलेजजस्तो पनि देखियोस् भनेर जिरोप्वाइन्टमै रहेको भवनमा पठनपाठन थाल्नेगरी तयारी सकिएको छ’, उनले भनिन्, ‘अहिले विद्यार्थीलाई बस्न सुविधायुक्त कक्षाकोठा तयारी भइसकेको छ ।’ उनले विद्यार्थी बस्ने कक्षाकोठामा राखिएका डेस्क–बेन्च ‘सुविधायुक्त’ बनाइने जानकारी दिइन् ।
२०४७ सालमा स्थापना स्कुलले गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढेको डाइरेक्टर गणेश राईले जानकारी दिए । ‘२०४७ सालदेखि अहिलेसम्म आइपुग्दा १२ औं ब्याचका विद्यार्थीले एसएलसी अर्थात् एसईई लेखिसके’, उनले भने, ‘यतिका दिनसम्म विद्यार्थी, अभिभावकको मन जित्न सकिएको छ जस्तो लाग्छ, त्यसैले थोरै विद्यार्थी लिएर भएपनि गुणस्तरीय शिक्षा दिएर थप मन जित्ने लक्ष्य लिएका छौं ।’
उनले कक्षा–११ र १२ मा पनि फरक तरिकाले प्रस्तुत हुने बताए । ‘विशेषतः रिसर्च वेसमा आधारित पठनपाठन गराउनेछौं’, उनले भने, ‘होटल म्यानेजमेण्टका विद्यार्थीलाई सिक्किम, दार्जेलिङ, काठमाडौंलगायतका होटलमा लगेर इन्टर्नसीपको तयारी गरिएको छ ।’
आफ्नै जग्गामा कलेजको लागि भनेर छुट्टै भवन निर्माण गरेर अघि बढ्ने लक्ष्य लिइएपनि यस वर्ष कोरोनाका कारण नसिकएको डाइरेक्टर गणेश राईले जानकारी दिए । ‘स्कुल, कलेजका लागि पनि हामीसँग प्रशस्त जग्गा छ तर कोरोनाका कारण भवन निर्माण गर्न सकेनौं’, उनले भने, ‘अर्को वर्ष जसरी भएपनि भवन निर्माण गर्नेछौं ।’

प्रकाशित मिति: भाद्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend