Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब सुनसरीमा निषेधाज्ञा खुकुलो

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
अब सुनसरीमा निषेधाज्ञा खुकुलो

धरानः धरानलगायत सुनसरीमा झन्डै पाँच महिनापछि निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो पार्दै असोज ४ गतेसम्म १५ दिन निषेधाज्ञा थप गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार निषेधाज्ञालाई केही खुकुलो पार्दै थपिएको हो । ‘खासमा भन्नैपर्दा अब केही खुकुलो नै भएको हो’, उनले भने, ‘तर पनि संक्रमणको अवस्था हेर्ने जिम्मेवारी स्थानीय तहको भएकोले स्थानीय तहले नै अवस्था हेरेर थप निर्णय गर्नेछ ।’
उनले शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा खुल्नेबारे पनि स्थानीय तहले नै निर्णय गर्न सक्ने जानकार िदिए । ‘भौतिकरुपमा पठनपाठन गर्न नपाउने तर नगरी नहुने अवस्था भएमा स्मार्ट लकडाउनको प्रावधानभित्र रही सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय गराइ सञ्चालन गर्न सक्नेबारे निर्णय भएको छ ।’ उनले भने ।
डिसिएमसीको बैठकले साप्ताहिक तथा अन्य हाटबजार सञ्चालन गर्नेबाुे पनि स्थानीय तहले नै निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको उनले जानकारी दिए । स्वास्थ्य मापदण्डलाई भने अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए ।उनले होटल तथा पसलहरुमा सञ्चालनमा रोक नलगाइएको जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend