Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दैनिक दौडिँदा ४०% कम गर्न सकिन्छ स्ट्रोकको खतरा

हाम्रो कोशी आवाज
भाद्र ३१ २०७८, बिहिबार
दैनिक दौडिँदा ४०% कम गर्न सकिन्छ स्ट्रोकको खतरा

धेरै अनुसन्धानबाट यो कुराको पुष्टि हुन्छ कि दौडँदा हृदयको कार्यप्रणाली उत्कृष्ट बन्दछ । जो व्यक्ति नियमित रुपमा दौडन्छ, उनीहरुमा कोरोनरी हर्ट डिजीज तथा स्ट्रोक (धमनियाँमा ब्लकेज बाट हर्ट प्रोब्लम) हुने आशंका ३० देखि ४०% सम्म कम हुने गर्दछ ।
दौडँदा हाम्रो शरीरले मुटुको धडकनसँग तालमेल गराउँछ, यसकारण तनाव वा कुनै स्ट्रोकको समय जब हर्ट बीट तेज हुँदा हाम्रो कार्डियोभास्कुलर सिस्टममा नेगेटिभ असर पर्दैन । तर दौडँदाका धेरै फाइदा भएपनि धेरैकुरा ध्यानमा राख्नु भने पर्दछ । नत्र जोखिमयुक्त पनि हुन सक्दछ ।
विस्तारै विस्तारै गति बढाउनुहोस् । एक्कासी नकुद्नुहोस् । हिँड्दै क्रमशः गति बढाउँदै लैजानुहोस् । शुरुवात धिमी गतिले गर्नुहोस्, जसलाई जगिंग पनि भनिन्छ ।
हप्तामा पाँच दिन दौडनुहोस् ताकि दुई दिन आराम मिलोस् । कति दौडने हो आफूले तय गर्नुहोस् । कठिनाइ भए तुरुन्त चिकित्सकको सल्लाह लिनुहोस् ।
समय समयमा ट्रेड मिल टेस्ट (टीमएटी), इसिजी टेस्ट, इकोकार्डियोग्राफी आदि । मुटु रोगबाट पीडित भए धेरै कुद्दा गाह्रो हुनसक्छ । जसलाई उच्च रक्तचाप वा डायबिटीज छ र धूमपान गर्नुहुन्छ भने उनीहरुले दौडँदा विचार गर्नुपर्छ ।
मौसमको ख्याल गर्नुपर्ने हुन्छ । जाडो, गर्मी र वर्षात् । जुत्ता बेगर नकुद्नुहोला । झरी भए सावधानीका साथ रेनकोटको व्यवस्था गर्नु पर्दछ । नत्र त्यो दिन रोकेकै राम्रो । खुल्ला स्थान हुँदा दौडँदाको पनि मज्जा अर्कै हुन्छ । यदि साँझ कुद्नुहुन्छ भने साँझको खाना र कुदाइबीच कम्तिमा दुई घण्टाको ग्याप राख्नुहोस् । पच्नेखालका खानेकुरा खानुहोस् ।

प्रकाशित मिति: भाद्र ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend