धरानः निजी विद्यालयहरुको छाता सङ्गठन निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को धरानमा नयाँ कार्य समिति चयन भएको छ । धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलमा भएको भेलाले नयाँ कार्य समिति चयन गरेको हो ।
धरान नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजकुमार लिम्बू, उपाध्यक्षमा श्रीधन राई, सचिवमा रविन न्यौपाने, सहसचिवमा विदुर महत, कोषाध्यक्ष प्रभा प्रधान, सहकोषाध्यक्ष प्रितम देवान सर्वसम्मतरुपमा चयन भएका छन् ।
यस्तै, सदस्यहरु उत्तम गुरुङ, टिवी क्षत्री, तारा सेञ्चुरी, पार्वती तुम्वाहाम्फले, सुजाता राई, रमेश राई र खेमप्रसाद फुयाँल निर्विरोध निर्वाचित भए । सुनसरीका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जनले जिल्ला अधिवेशन मङ्सिर १५ गते हुने जानकारी दिए ।