Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दोस्रोपटक चिया तताएर पिउनु कतिको फाइदाजनक ?

हाम्रो कोशी आवाज
असोज २ २०७८, शनिबार
दोस्रोपटक चिया तताएर पिउनु कतिको फाइदाजनक ?

चिया पिउन कसलाई मन पर्दैन होला र, अझ यो त हाम्रो आतिथ्य सत्कार नै हो कि पाहुना आउँदा सुरुमा चिया बनाएर दिनु। यसले थकान, टाउको दुखाइलगायतका समस्या कम गराउनुका साथै स्फूर्ति पनि दिन्छ।
तर, केहीले एकपटक बनाएको चिया दोस्रो पटक तताएर खाने पनि गर्छन्। चिया दोस्रो पटक तातो बनाएर पिउँदा यसले केही बेफाइदा गर्छ कि, तपाईंलाई थाहा छरु छैन भने आउनुस् यसबारे चर्चा गरौं।
चिया बनाएको १५–२० मिनेटभित्रै खाइहाल्नुपर्छ। धेरै बेरसम्म चिया राखिरहँदा त्यसमा रहेको पोषक तत्व हराएर जान्छ। दोस्रो पटक तातो बनाएको चियामा हुने निकोटिनले स्वास्थ्यमा नकरात्मक असर गर्छ। साथै, यसले पाचन प्रक्रियालाई पनि बिगार्ने गर्छ।
एकपटक चिया बनाएर लामो समयसम्म यसलाई त्यतिकै छोड्दा यसमा ब्याक्टेरिया आउने गर्छन्। त्यसैले चिया बनाउँदै हुनुहुन्छ भने त्यसलाई तत्कालै पिउने गर्नुस् बचेको छ भने सकभर त्यसको उपभोग नगर्नुस्। -एजेन्सी

प्रकाशित मिति: असोज २ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend