धरानः कोरोना महामारीका कारण होटल व्यवसायले पनि ठूलो क्षती बेहोरे । महिनौसम्म बन्द भएपछि कतिपय होटलहरु सधैका लागि बन्द भए भने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः सञचालनमा आउन थालेका छन् ।
यसै क्रममा बन्द रहेको फ्रेण्डस गार्डेन पुनः सञ्चालनमा आएको हो । नयाँ व्यवस्थापनसहित होटल सञ्चालनमा आएको हो । शनिबार एक कार्यक्रमका बीच होटल सञ्चालनमा आएको हो । कार्यक्रममा धरानमा भइरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई सम्मानको कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ताइवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी दीपेन्द्रराज शाक्य, मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’ कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिमरन श्रेष्ठलगायतको उपस्थिति थियो ।
पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आइटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलकी सञ्चालिका शारदा लिम्बूले बताइन् । होटलमा साङ्गीतिक कार्यक्रमहरु पनि हुने बताइएको छ । विभिन्न ब्याण्ड तथा गायकहरुको लाइभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने सञ्चालक लिम्बूले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलीलाइनमा विगत ४ वर्षदेखि सञ्चालन भएपनि कोरोना कहरका कारण थलिएको थियो ।
