Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानमा स्कुल खुल्ने

हाम्रो कोशी आवाज
असोज ८ २०७८, शुक्रबार
अन्ततः धरानमा स्कुल खुल्ने

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।
गत चैतदेखि बन्द रहेका विद्यालयहरु भौतिकरुपमा खुल्ने भएका हुन् । शुक्रबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्णरूपमा पालना गर्दै भौतिक रूपमा विद्यालयहरू खुलाउने निर्णय गरेको हो । गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले दशैं-तिहारपछि मात्रै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो तर प्याब्सन, एनप्याब्सन, हिसानलगायतका संघसंस्थाले पुनर्विचार गर्न आग्रह गरेका थिए । केहीदिनअघिसम्म वडा कार्यालयको समन्वयमा स्कुल सञ्चालन गर्न सकिने भनिएको तर निर्णय सार्वजनिक भइसकेको थिएन ।
काठमाडौंलगायत अन्य ठाउँमा पनि असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय खुलाउने निर्णय भएसँगै यहाँपनि त्यो निर्णय भएको हो । शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले आइतबारदेखि स्कुल सञ्चालनबारे निर्णय भएको जानकारी दिए । यस्तै, दशैं र तिहारको बीचमा पनि विद्यालय बन्द नहुने जनाइएको छ ।

प्रकाशित मिति: असोज ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend