Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालले माल्दिभ्सलाई हरायो

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
नेपालले माल्दिभ्सलाई हरायो

धरानः युवा फरवार्ड मनिष डाँगीको शानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ । पहिलो खेलमा १-० को जित दर्ता गर्दै नेपालले ३ अंक जोडेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८५ औं मिनेटमा निर्णायक गोल गरे ।
मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै गोल गरेका थिए । तीन डिफेन्डरको चुनौती काट्दै उनले गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए ।

नेपालविरुद्धको खेलमा अधिकांस समय पकड जमाएपछि माल्दिभ्स गोल गर्न चुकेको थियो। माल्दिभ्सका केहि उत्कृष्ट प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
यसआघ दिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । बंगलादेशले १-० को जित हासिल गर्दै ३ अंक जोडेको हो । बंगलादेशको जितमा टोपु बर्मनले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो ।
यसपटक प्रतियोगितामा ५ राष्ट्रको मात्र सहभागिता रहने भएकोले राउन्ड रोविन लिगका आधारमा च्याम्पियनसिप हुँदैछ । राउन्ड रोविनमा सबै टोलीले ४ खेल खेल्नुपर्नेछ ।प्रतियोगितमा आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंका छन् । भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले आन्तरिक विवादका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन ।

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend