Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदयमा बिएचएममा प्रदेश १ र धरान ‘टपर’लाई अभिभावकको उपस्थितिमा नगदसहित सम्मान

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
युएन, नवोदयमा बिएचएममा प्रदेश १ र धरान ‘टपर’लाई अभिभावकको उपस्थितिमा नगदसहित सम्मान

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजको बिएचएममा प्रदेश १ ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ बनेका छात्रछात्रालाई सम्मान गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको नतिजामा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका थिए । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिजा डाँगीले धरान प्रथम तथा प्रदेश सेकेण्ड टप गर्न सफल भएकी थिइन् । प्रिजाले ३.८४ जिपिए प्राप्त गरेकी थिइन् । उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी थिइन् । जानुकाले ३.७३ जिपिए प्राप्त गर्न सफल बनेकी थिइन् । उनलाई नगद १० हजारसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापकहरु अनमेस बाँस्तोला र स्तुति श्रेष्ठले नगद, सम्म्मान–पत्र, अबिर, खदा लगाएर सम्मान गरेका थिए ।
त्यस्तै, प्रथम सेमेस्टरमा दोस्रो हुने एन्जेला राई र अनिष लिम्बू, प्रथम सेमेस्टरमा तेश्रो हुने स्मारिका दाहाल, तेश्रो सेमेस्टरमा दोश्रो हुने स्टेला लिम्बू र तेश्रो सेमेस्टरमा तेश्रो हुने रीतु राईलाई पनि नगदसहित, अबिर र खदा लगाएर सम्मान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयले बिएचएमका लागि ३३ कोटा निर्धारण गरेको हुन्छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । विद्यार्थीहरुलाई गुणस्तरीय, सीपमूलक र व्यवहारिक शिक्षा दिन युएन, नवोदय कलेज सक्षम रहेको कलेजका अध्यक्ष झाले बताए । बिएचएमको स्थापनाकालदेखि नै विद्यार्थीहरुले प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हुँदा आगामी दिनमा देशमै उत्कृष्ट नतिजा ल्याउनको लागि क्याम्पस प्रमुख तुम्बापोले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । उनले प्लस टु होटल म्यानेजमेण्ट र बिएचएममा आफूहरु नै ‘लिडिङ’ मा रहेको दावी गरे ।
कार्यक्रममा बिएचएम तेश्रो सेमेस्टरका विद्यार्थीहरुले प्रथम सेमेस्टरका विद्यार्थीहरुको स्वागतमा विभिन्न आकर्षक गीत र नृत्य प्रस्तुत गरे । नतिजा राम्रो रहनु अनुभवी अध्यापक, मिहिनेती विद्यार्थी, कोअपरेटिभ अभिभावक आदि कारण रहेको उनले खुलाए ।
युएन कलेजले बिएचएम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मानपत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मानपत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद १५ हजार र सम्मानपत्र, थर्ड टपरलाई नगद १० हजार र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम राख्दै आएको उनको भनाइ छ ।
अघिल्लो वर्ष प्रदेश १ मा प्रथम र तृतीय हुने तीनजनालाई छात्रालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बिएचएम प्रथम सेमेष्टरकी छात्रा रितु राई, दोस्रो सेमेष्टरकी छात्रा स्टेला मेन्याङ्बो र दोस्रो सेमेष्टरकी छात्रा दिला नेम्वाङ रहेका थिए ।
कलेजमा यस वर्षदेखि विज्ञान सङ्कायलाई पनि ‘ब्राण्ड’ बनाउने ध्येयले आफूहरु लागिपरेको र अधिकांश स्कुलका स्कुल टपरहरु यो सङ्कायका लागि भर्ना भएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend