Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाजवादी विद्यार्थी महेन्द्र क्याम्पसमा युवराज राई

हाम्रो कोशी आवाज
असोज १६ २०७८, शनिबार
समाजवादी विद्यार्थी महेन्द्र क्याम्पसमा युवराज राई

धरानः जनता समाजवादी पार्टीनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस धरानको दोस्रो सम्मेलनले युवराज राई अलौकिकलाई इकाई अध्यक्षमा चयन गरेको छ ।
शनिबार महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा भएको दोस्रो सम्मेलनको प्रमुख अतिथी समाजवादी विद्यार्थी युनियन केन्द्रीय उपाध्यक्ष सुबास लाबुङको प्रमुख आतिथ्य सम्पन्न भएको हो । सम्मेलनको विशेष अतिथिमा केन्द्रिय उपाध्यक्ष सन्जय राई केन्द्रीय उपमहासचिव दिनेश दंगाल जनता समाजवादी पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बू, विद्यार्थी इञ्चार्ज सुमन राईलगायतको उपस्थिति थिए ।
दोस्रो सम्मेलनले उपाध्यक्षहरुमा रितादेवी राई, विशाल लावती गोमा कुलुङ र विजय राईलाई चौहान गरिएको छ । त्यसैगरी सचिव अस्निता लिम्बू, सहसचिवहरु सन्तोषकुमार राउत, सबिरसिं याक्सो, सुप्रिया राई, लक्ष्मी राई रहेका छन् । र कोषाध्यक्षमा ॐकुमार लिम्बूलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष युवराजले जानकारी दिए । शनिबार सम्पन्न सम्मेलनले ७५ जना इकाई समिति गठन गरिएको बताए । पहिलो सम्मेलनले उदीप लाओतीको अध्यतामा इकाई कमिटी गठन गरेका थिए । लाओतीको कार्यकाल सकिएपछि दोस्रो सम्मेलनले नयाँ इकाई समिति चयन गरिएको हो ।

प्रकाशित मिति: असोज १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend