Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो

हाम्रो कोशी आवाज
असोज २२ २०७८, शुक्रबार
नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो

धरानः नेपाल साफ च्याम्पियनसीप १३ औं सस्करणसम्म आइपुग्दा फाइनलमा पुग्ने सम्भावना बढेर गएको छ । एकपटक फाइनल नपुगेको नेपालले यस वर्ष अवसर नगुमाउने विश्वास लिइएको छ ।
मालदिभ्समा आइतबार राति हुने भारतविरुद्धको खेलमा बराबरीको नतिजा निकाले मात्र पनि नेपाल फाइनल पुग्न सक्नेछ । तर अर्को खेलमा श्रीलंकाले मालदिभ्सलाई हराउनुपर्नेछ ।
माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । दाबेदार भारत लगातार २ खेलमा बराबरीमा रोकिँदा र अर्को खेलमा माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपालको सम्भावना बढेको हो । २ खेलमा शतप्रतिशत नतिजा ल्याएर ६ अंक जोडेको नेपालको फाइनलमा पुग्ने प्रबल सम्भावना देखिएको छ ।
नेपाली राष्ट्रिय टिमका पूर्व सहायक प्रशिक्षक मेघराज केसी पछिल्ला नतिजाले नेपाललाई फाइनलमा पुग्ने मात्र होइन उपाधिकै हकदार बनाउने छाँट देखिएको बताउँछन् । ‘नेपालले जुन नतिजा दिइरहेको छ, अझ स्कोर गरिरहेको छ’, उनले भने, ‘यो उत्कृष्ट नतिजा हो, फाइनल मात्र नभई उपाधि नै जित्ने प्रबल दाबेदार नेपाल देखियो। नेपालले श्रीलंका र घरेलु टोली माल्दिभ्सलाई पाखा लगाइसकेको छ ।
नेपालले अन्तिम खेलमा अक्टोबर १३ तारिखमा बंगलादेशसँग खेल्नेछ । सोही दिने हुने अर्को खेलमा भारतले मालदिभ्सको सामना गर्नेछ ।
भारतविरुद्ध हुने खेलमा जित हात पारे नेपाल फाइनल पुग्ने छ । बराबरी वा हारको अवस्थामा पनि नेपाल फाइनल पुग्ने बलियो दावेदार रहने छ । नेपाल भारतसँग पराजित भएमा र आइतबारको अर्को खेलमा मालदिभ्सले श्रीलंकालाई हराए फाइनल पुग्ने समिकरण रोमान्चक बन्नेछ । त्यस्तो अवस्थामा तीन खेलबाट भारतको ५, मालदिभ्सको ६ र नेपालको पनि ६ अंक हुने छ । यस्तो नतिजा आएका खण्डमा नेपालले बंगलादेशसँग पनि हार ब्यहोरे र मालदिभ्सले भारतसँग बराबरी खेले नेपाल फाइनल पुग्न सक्ने छैन ।
तर भारतसँग पराजित भएको अवस्थामा नेपालले बंगलादेशसँग बराबरी खेलेपनि फाइनल पुग्ने सम्भावना रहने छ । नेपाललेरु पहिलो खेलमा साविक विजेता मालदिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो । भारतले बंगलादेशसँग १–१ गोलको बराबरी र श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो । पहिलो खेलमा श्रीलंकालाई १–० गोलले पराजित गरेयता बंगलादेशले जित हात पार्न सकेको छैन ।

प्रकाशित मिति: असोज २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend