Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२३ जना बालिका ‘जुनियर मिस धरान’ मा भिड्दै

हाम्रो कोशी आवाज
कार्तिक १० २०७८, बुधबार
२३ जना बालिका ‘जुनियर मिस धरान’ मा भिड्दै

धरानः ड्रिम मोडलिङ एजेन्सी इभेन्ट मेनेजमेन्ट प्रालिको आयोजनामा भइरहेको जुनियर मिस धरान–२०२१ को उपाधिका लागि २३ जना बालिकाहरू भिड्ने भएका छन् ।
प्रालिका सिइओ सौरभमान भण्डारीले यही कार्तिक १३ गते शनिबारको दिन धरानस्थित बीपी प्रतिष्ठानको दशहरा हलमा दिउँसो १ बजेबाट फिनाले हुने पत्रकार सम्मेलनमा जानकारी दिए । ‘किशोरीहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जुनियर मिस धरान आयोजना गरिएको हो’, उनले भने, ‘उपाधिका लागि २३ जना बालिकाहरू रहेका छन्, हाल तालिम भइरहेको छ ।’
धरानमा पहिलोपटक हुन लागेको प्रतियोगिताको बिजेताले नगद १५ हजार रुपैयाँसहित ५ लाख रुपैयाँ बराबरको बिमा प्राप्त गर्ने भण्डारीले बताए । त्यस्तै, फस्ट रनरअपले १० हजार रुपैयाँ र ३ लाख रुपैयाँ बराबरको बिमा र सेकेन्ड रनरअपले नगद ५ हजार रुपैयाँसहित २ लाख रुपैयाँको बिमा प्राप्त गर्ने उनले जानकारी दिए ।
गत फागुनदेखि नै सुरु भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएर पुनः भदौ २२ गतेदेखि बन्द परीक्षण सुरु गरिएको कार्यक्रम संयोजक निश्चल पलिखेले जानकारी दिए । ६ देखि १४ वर्षसम्मका बालिकाहरू सहभागी रहेको प्रतियोगितामा बिजेताहरू बाहेक १२ वटा अन्य टाइटलमा समेत पुरस्कृत हुने पलिखेले बताए ।

प्रकाशित मिति: कार्तिक १० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend