धरानः भिटेनको नामले चर्चित नेपाली रयाप गायक समीर घिसिङको ‘गल्ली सडक’ बोलको गीत सार्वजनिक भएको छ । भिटेनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
अहिले सो गीत ट्रेन्डिङ लिष्टमा छ । भिटेनको कन्सेप्ट तथा कम्पोजमा तयार भएको गीतको भिडियोमा पनि भिटेन देखिएका छन् । गीतको भिडियोलाई भिटेन र जेम्स लामाले संयुक्तरूपमा निर्देशन गरेका हुन् । गीतमा भिटेनले समाजका हरेक खराब कुराको दोष आफूलाई लगाउने भन्दै प्रहरी र समाजप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
भिटेनलाई अघिल्लो वर्ष हामी ‘यस्तै त हो नि ब्रो’ बोलको गीतका कारण प्रहरीले समातेको थियो । त्यस्तै उनको पारा बोलको गीत पनि विवादमा आएपछि युट्युबबाट हटाउनु परेको थियो ।