धरानः हङकङमा बसेर नेपाली सुगम संगीतमा स्तरीय गीत-संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत ‘सुखमा पनि दु:खमा पनि’ को म्युजिक भिडियोसहित आफ्नो युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरेका छन् ।
गीतकार राई डी हाङ्गखिमको शब्दमा वरिष्ठ संगीतकार दिनेश सुब्बाको कर्णप्रिय संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन विष्टले मिक्सिङ तथा मास्टरिङ्ग गरेका छन् ।
सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको युगल अभिनय रहेको प्रेमभावको गीतको नृत्य सुनिल मगर, छायाङ्कन गोपाल मगर, सम्पादन बालकुमार मगर र निर्देशन बालकुमार मगर र मिङ्मा योञ्जनको रहेको छ । आफ्नो भिडियोमा नयाँ कलाकारहरुलाई पनि अभिनय गराइरहने गायक ज्ञान सुब्बाले यो गीतमा सन्तोष ढुंगाना र जयन्ति भित्राकोटीको नयाँ जोडीलाई मौका दिएका छन् ।
https://youtu.be/7Gz1jjycZOo