धरानः अस्मिता अधिकारी र नन्दु गुरुङको स्वरमा गत सोमबार ‘कति माया गर्छौ’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
नन्दुकै शब्द, संगीत रहेको गीतलाई अशोक थापाले एरेञ्ज गरेका हुन् । मायाप्रेमको यो गीतको भिडियोमा रेखा फागो लिम्बु र रुद्राक्ष लिम्बुको अभिनय छ । दिनेश मङ्मुको निर्देशन रहेको भिडियोलाई सुमन तामाङले छायाँकन, हेमन तामाङले सम्पादन गरेका हुन् ।
यो गीतको भिडियोले हालसम्म युट्युबमा १ लाख ६२ हजार भ्युज पाएको छ ।