Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १८ २०७८, शनिबार
दुर्घटनामा दुईजनाको मृत्यु

धरानः ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते बनेका दुईजना युवाको मृत्यु भएको छ ।
एक युवाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का युवाको ताप्लेजुङस्थित तेल्लोक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ताप्लेजुङ सिरिजङ्घा–३ बोखिमका २५ वर्षीय वसन्त लिम्बू र १५ वर्षीय समिर लिम्बू रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । वसन्त ट्याक्टर चालक हुन् ।
वसन्तको शुक्रबार साँझ साढे ५ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । यस्तै, समिरको तेल्लोक स्वास्थ्य केन्द्रमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, ट्याक्टरमा सवार अन्य दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २३ वर्षीय अमिन लिम्बू र १९ वर्षीय सुसन लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ सिरिजङ्घा–३ बोखिमस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गोलिया लिई जाँदै गरेको मे१त ६८९३ न.को ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति: मंसिर १८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend