Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

३३ किलो सुनकाण्डः दुबईबाट आउँदैछन् भन्ने सूचना पाएपछि अग्रवाल पनि समातिए

हाम्रो कोशी आवाज
मंसिर १९ २०७८, आइतबार
३३ किलो सुनकाण्डः दुबईबाट आउँदैछन् भन्ने सूचना पाएपछि अग्रवाल पनि समातिए

धरानः इन्टरपोलबाट रेड नोटिस जारी गोरे समूहका अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् ।
इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चुडामणि उप्रेती उर्फ गोरे समूहका अर्का व्यक्ति पनि पक्राउ परेका हुन् ।
झापा साविक शिवगञ्ज गाविस १ का ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार युएईबाट आउँदा गर्दा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर छ ।
उनी ३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी हुन् । ३३ किलो सुन काण्डमा गोरे भनिने चुडामणि उप्रेती समेत रहेको आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको तस्करी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा उनको संलग्नता देखिएको भन्दै प्रहरीले उनीविरूद्ध रेड नोटिस जारी गरेको थियो ।
उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा इन्टरपोल शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
आइतबार साँझ नै विमान मार्फत उनलाई मोरङ पठाइएको छ ।

प्रकाशित मिति: मंसिर १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend