धरानः प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जिलिङ मिरिक निवासी छोङसाङ्मु सेच्याले जितेका छिन् ।
प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौं नाचघरमा मङ्गलबार सम्पन्न भएको हो । मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला सशक्तिकरण किन आवश्यक छ भन्ने प्रश्नमा सहभागीले लिखित सटिक जवाफ दिएका थिए ।
अन्तिम राउण्डमा ६ जना सहभागीमध्ये उत्कृष्ट जवाफ दिएर छोङ साङ्मुले मिस शिङ्सा भोटियाको उपाधि जितेकी हुन् । त्यसैगरी फस्ट रनर अप केसाङ चिपा भोटेले हात पारिन् भने सेकेण्ड रनर अप सियाङ्ला भोटे घोषित भए ।
६ जना प्रतियोगिमा मिस फोटोजेनिकको उपाधि फुर्वा सेच्याले हात पारिन् । मिस कल्चरको उपाधि नाङ्सा भोटेले हात पारिन् । त्यसैगरी मिस पपुलर टाइटल केसाङ भोटेले जितिन् । मिस डिसिपिलिन टाइटल किन्जम भोटेले हात पारिन् । मिस पर्सानालिटीको टाइटल सियाङ्ला भोटेले पाइन् ।
विजेताले नगद ५० हजार फस्टरनर अपले नगद ३० हजार र सेकेण्ड रनरअपले नगद २० हजार पुरस्कार प्राप्त गरे । बज्रकिल्या प्रोडक्सनको आयोजनामा भएको सो कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको थियो भने क्राउन सेरेमोनिका प्रमुख अतिथी पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै बज्रकिल्या प्रोडक्सनका अध्यक्ष तेन्जिङ भोटियाले सम्मान गरेका थिए ।