Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सेलीब्रेटी पत्रकार भन्दै असुल्दै, अन्ततः पक्राउ परिन्

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
सेलीब्रेटी पत्रकार भन्दै असुल्दै, अन्ततः पक्राउ परिन्

धरानः आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् ।
कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामो समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।
कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत् लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।
सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएकी एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् ।
अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तिहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो । भिभिआइपी, भिआइपी, चर्चित कलाकार र पत्रकारसँग आफ्नो राम्रो चिनजान भएको र रकम नदिए सबैतिर समाचार प्रकाशित गरिदिने धम्की उनले दिने गरेको प्रहरीले बताएको छ।
ठगी धन्दामा उनी भने एक्लै छैनन् । उनको सात, आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend