Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देउवा झन् शक्तिशाली

हाम्रो कोशी आवाज
पुष ८ २०७८, बिहिबार
देउवा झन् शक्तिशाली

नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो ।

महाधिवेशन उद्घाटन भएको १४ औं दिनको दिन मतगणना सकिएको हो । कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो । सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । पदाधिकारी र केन्द्रीय सदस्य अन्तर्गत विभिन्न क्लस्टर अनुसार भएको मतदानमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत बढी पदमा जित हात पारेको छ ।

१३ पदाधिकारी र १२० केन्द्रीय सदस्यको लागि निर्वाचन भएको थियो । १३ मध्ये सभापति शेरबहादुर देउवा पक्षले सभापति, १ उपसभापति, ६ सहमहामन्त्री गरी ८ पदाधिकारी जितेको थियो ।

डा. शेखर कोइराला पक्षले उपसभापति र महामन्त्री एक-एक, दुई सहमहामन्त्री गरी चार पदाधिकारी जितेको थियो । प्रकाशमान सिंह पक्षबाट उठेर विश्वप्रकाश शर्मा महामन्त्रीमा जितेका थिए ।

१२० केन्द्रीय सदस्यमा देउवाले १०१ केन्द्रीय सदस्य जित्दा शेखर पक्षले १९ र प्रकाशमान सिंह दुई पदमा जितेका छन् । तीनवटै प्यानलमा रहेका डा. शशांक कोइराला कतै पनि खुलेका छैनन् ।

पदाधिकाकारीसहित देउवाले १३३ मध्ये १०९ पद जितेको छ । शेखर पक्षले २१ पदमा जितेको छ । प्रकाशमानले २ पद जितेका छन् ।

देउवाले १३३ पदमा ८ पदाधिकारी र १०१ केन्द्रीय सदस्य गरी १०९ पद जितेका छन् । यो समग्रमा ८२ प्रतिशत हुन्छ ।
शेखरले जम्मा १६ प्रतिशतमात्रै जितेका छन् ।

खुला केन्द्रीय सदस्य देउवा र शेखर पक्ष कसले कति जिते ? 

डा. शशांक कोइराला

देउवा पक्ष

पदाधिकारी १३ मा ८
सभापति –शेरबहादुर देउवा

उपसभापति २ मा १

१. उपसभापति– पूर्णबहादुर खड्का
८ सहमहामन्त्रीमा ६
१. भीष्मराज आङदेम्बे– आदिवासी जनजाति
२. महालक्ष्मी उपाध्याय डिना– महिला
३.फरमुल्लाह मन्सुर –मुस्लिम
३. उमाकान्त चौधरी– थारु
४. महेन्द्र यादव– मधेसी
५. किशोरसिंह राठौर– खसआर्य
६. थारु– उमाकान्त चौधरी

केन्द्रीय सदस्य १०१

खुला ३५ केन्द्रीय सदस्यमा २५

१. एनपी साउद
२. बालकृष्ण खाण
३. उदयशमशेर राणा
४. रामहरि खतिवडा
५. ज्ञानेन्द्रबहादुर कार्की
६. रमेश लेखक
७. शंकर भण्डारी
८. जिपछिरिङ्ग लामा
९. जीतजङ्ग बस्नेत
१०. गोपालमान श्रेष्ठ
११. मोहनबहादुर बस्नेत
१२. सुनिलबहादुर थापा
१३. नैनसिंह महर
१४. गोविन्द भट्टराई
१५. कुन्दनराज काफ्ले
१६. सुरेन्द्रराज पाण्डे
१७. पद्मनारायण चौधरी
१८.राजीव ढुंगाना
१९.गुरु बराल
२०.मदनबहादुर अमात्य
२१. गणेश लामा
२२. उमेशजंग रायमाझी
२३. इ. मोहन आचार्य
२४. डा. गोपाल दहित
२५. कृष्णकिशोर घिमिरे

खुला महिला खुलामा ८
१. डा. डिला संग्रौला
२. पुष्पा भुसाल
३. आरजु राणा
४.अम्बिका बस्नेत
५.ईश्वरी न्यौपाने
६. रमा कोइराला
७. सुशीला ढकाल
८. रंगमति शाही

मधेसी खुला ५ मा ४
१. अजयकुमार चौरसिया
२. विनोद चौधरी
३. दिनेशकुमार यादव
४. महेन्द्रकुमार राय यादव

मधेसी महिला ४ मा ४
१.मुक्ताकुमारी यादव
२. मिनाक्षी झा
३. मञ्जुकुमारी यादव
४. नागिना यादव

प्रदेश २ खुला २ मा २
१. रमेश रिजाल
२. आनन्दप्रसाद ढुंगाना

प्रदेश २ महिला १ मा १
१. चित्रलेखा यादव

वाग्मती प्रदेश महिला १ मा १
१. उर्मिला नेपाल केसी

वाग्मती प्रदेश खुला २ मा १
१. ध्यानगोविन्द रञ्जित

केन्द्रीय सदस्य अपागंता खुला १ मा १
१. मदनकृष्ण श्रेष्ठ

केन्द्रीय सदस्य अल्पसंख्यक खुला १ मा १
१. प्रदीपकुमार सुनुवार

केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १ मा १
१. अर्जुनजंगबहादुर सिंह

प्रदेश १ खुला २ मा १
१. अमृत अर्याल

प्रदेश १ महिला १ मा १
१. महेन्द्रकुमारी लिम्बू

मुस्लिम खुला २ सदस्यमा २

१. अब्दुल रज्जाक
२.अब्दुल सतार

मुस्लिम महिला १ मा १
१. जावेदा खातुन जागा

गण्डकी महिला १ मा १
१. सरस्वती अर्याल तिवारी

लुम्बिनी महिला १ मा १ 
१. शिला शर्मा खड्का

कर्णाली महिला १ मा १ 
१. जानकी सिंह

थारु महिला २ मा २ 
१.कल्पना चौधरी
२. जीवन राना

थारु खुला २ मा २ 
१.राजजनम चौधरी
२. योगेन्द्र चौधरी

कर्णाली महिला १ मा १
१. जानकी सिंह

कर्णाली खुला २ मा २
१. राजीवविक्रम शाह
२. कर्णबहादुर बुढा

सुदूरपश्चिम महिला १ मा १
१. सुशीला मिश्र भट्ट

सुदूरपश्चिम खुला २ मा २
१. यज्ञराज जोशी
२. डा. रणबहादुर रावल

गण्डकी खुला २ मा १
१. ध्रुव वाग्ले

दलित महिलाका ४ मा ४
१. लक्ष्मी परियार
२. सुजाता परियार
३. शान्ति परियार
४. रुपा विक

दलित खुलाका ५ मा ४
१. मानबहादुर नेपाली
२. नृपबहादुर वड
३. हरिशरण नेपाली
४. मैकुलाल बाल्मिकी

आदिवासी जनजाति खुला ८ मा ७

१. चिनकाजी श्रेष्ठ
२. उमेश श्रेष्ठ
३. बहादुरसिंह लामा
४. दिलमान पाख्रिन
५. टेकबहादुर गुरुङ
६. आङगेलु शेर्पा
७. तारामान गुरुङ

खसआर्य महिला ६ मा ५
१. मञ्जु खाण
२. नानु बास्तोला
३. चम्पादेवी खड्का
४. कान्तिका सेजुवाल
५. विद्यादेवी तिमल्सिना

आदिवासी जनजाति महिला ७ मा ७
१. सीता गुरुङ
२. अञ्जनी श्रेष्ठ
३. सरस्वती बजिमय
४. गंगालक्ष्मी अवाल
५. माया राई
६. सीताकुमारी राना
७. सुशीला थिङ

खस आर्य खुला ७ मा ६
१. केशवकुमार बुढाथोकी
२. गोविन्दबहादुर शाह
३. भीम पराजुली
४. श्याम घिमिरे
५. नारायण कार्की
६. गेहेन्द्र गिरि

शेखर पक्ष – १७

खुला केन्द्रीय सदस्य

खुला ३५ मा ९

१.अर्जुननरसिंह केसी
२. दिलेन्द्र प्रसाद बडू
३. डा. रामशरण महत
४.बल बहादुर केसी
५. दीपक गिरी
६. दिनेश कोइराला
७. सञ्जयकुमार गौतम
८. प्रा.डा. गोविन्द राज पोखरेल
९. अजयबाबु शिवाकोटी

मधेसी खुला ५ मा १
१. डा. चन्द्रमोहन यादव

महिला खुला ९ मा १ 
१. सरिता प्रसाईं

प्रदेश खुला २ मा १
१. राजीव कोइराला

गण्डकी खुला २ मा १
१. कृष्णचन्द्र नेपाली

दलित खुला ५ मा १
१. प्रकाश रसाइली स्नेही

आदिवासी जनजाति ८ मा १
१. टेकप्रसाद गुरुङ

खस आर्य महिला ६ मा १
१. प्रतिमा गौतम

खस आर्य खुला ७ मा १
१. मधु आचार्य

प्रकाशमाननिकट–२

महामन्त्री २ मा १
१. विश्वप्रकाश शर्मा

वाग्मती प्रदेश २ मा १
राजन केसी ।

प्रकाशित मिति: पुष ८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend