Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने !

हाम्रो कोशी आवाज
पुष ९ २०७८, शुक्रबार
अब विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने !

धरानः नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो ।
निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए । उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताएका हुन्। उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।
विदेशमा करिब ४० लाख जनसङ्ख्या नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशस्थित कूटनीतिक निकायमार्फत सङ्कलन गरिएको छ । ‘कोही नछुटोस् कोही नदोहोरियोस्’ भन्ने नीति यस वर्ष निर्वाचन आयोगले अङ्गीकार गर्दै त्यसलाई निरन्तरता दिन विद्युतीय मतदानको अभ्यासलाई प्राथमिकता दिन खोजिएको हो ।
नेपालमा स्थानीय तहको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए ।

प्रकाशित मिति: पुष ९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend