Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गुरुङ ल्होसार मनाउने तयारी

हाम्रो कोशी आवाज
पुष १३ २०७८, मंगलबार
धरानमा गुरुङ ल्होसार मनाउने तयारी

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् ।
हरेक पुस १५ गते मनाइने यो परम्परागत चाडका अवसरमा धरानमा तयारीलाई तीब्रता दिइएको छ । धरानमा ल्होसार धुमधामसाथ मनाउने तयारी थालिएको आयोजकले जनाएको छ ।
धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भएर गुरुङ समुदायले तमु ल्होसार धुमधामसाथ मनाउने भएका हुन् । प्रत्येक पुस १५ गते झकिझकाउ पाराले गुम्बा सजिसजाउ गर्दै गुरुङ समुदायले ल्होसार मनाउने गरेका छन् ।
गुम्बाका अध्यक्ष एवम् तमु ह्युल छोंज धीं धरान नगर अध्यक्ष पृथ्वीमान गुरुङले यस वर्ष भव्यताका साथ कार्यक्रम आयोजना गरिने बताए । यस वर्ष बाँदर वर्ग (प्र ल्हो) लाई लाई विदा गरेर बाघ (तो ल्हो) लाई स्वागत गरिने सचिव यम तमु गुरुङले जानकारी दिए । धरानमा वर्षेनी धुमधामका साथ यो चाड मनाउँदै आएको पनि बताए । आदिवासी तमूहरुले मनाउँदै आएका मुख्य चाडपर्वहरु धेरैजसो प्रकृतिसँग सम्बन्धित रहेको उनको भनाइ छ ।
जसमा तोला ल्होसार पनि एक हो । यो तमुहरूको पहिचानजन्य चाड हो । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, बँदेल र कुकुरका प्रतीकका रुपमा लिइन्छ ।


तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भई कार्यक्रम सम्पन्न गरिने र तयारी पनि पूरा भएको सचिव यमले जानकारी दिए ।
पौष् १२ गते सोमबार गुम्बा सरसफाइ तथा सजिसजावट, पौष १३ गते बिहान ७ बजेदेखि बज्र किलाया पूजा (ग्रहशान्ति पूजा), पौष १४ गते बज्र किलाया पूजा दिनको २ बजे सामूहिक ग्रहशान्ति, पौष १४ गते बेलुका सांस्कृतिक कार्यक्रम (आमा समूहबाट) पुरान वर्गलाई विदाइ बाघ वर्गलाई स्वागत गरिने (बुद्ध युवा परिवार), पौष १५ गते बिहान ६ः३० बजेदेखि गणकजक्र पूजा, आयु अभिषेक, पौष १५ गते बिहान ११ः३० बजेदेखि सामूहिक भोजन, खेलकुद तथा शुभकामना आदानप्रदान, (बुद्ध युवा परिवार, तमु सांस्कृतिक कलाकार संघ) कार्यक्रम रहेको उनले जानकारी दिए ।
यस वर्ष गुम्बाका संस्थापक सचिव, संरक्षक एवं केन्द्रीय उपाध्यक्ष स्व. ताराबहादुर गुरुङको सम्झना गरिने कार्यक्रम राखिएको सचिव यमले जानकारी दिए ।
बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार नया“ वर्Èका रुपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङवा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् ।
यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको संस्कृतविद्हरु बताउँछन् । राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा मनाइन्छ । फैलिएका गुरूङहरू बढ्दो भूमण्डलीकरणका कारण संसारभर छरिएर रहेका छन् नै आफू जहाँ रहेपनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पुस १५ गतेलाई तमु ल्होसारका रूपमा संसारभर धुमधामले मनाउँछन् ।

 

प्रकाशित मिति: पुष १३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend