धरानः धरानमा चर्चित गायक राजेशपायल राईको कन्सर्ट र फेसन शो आयोजना हुने भएको छ । कार्यक्रम नेपाल आइस नेचुराको प्रस्तुतिमा हुन लागेको हो ।
‘बागिना फेसन शो एण्ड म्युजिकल नाइट २०७८’ नाम दिइएको कार्यक्रममा ‘मेघा स्टार राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन शो पनि आयोजना हुने आयोजक बागिना कला केन्द्र धरानले जनाएको छ । धरान–१२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
माघे संक्रान्तिको अवसरमा यही माघ १ गते शनिबारका दिन उनको प्रस्तुतिसँगै गायक राकेश किराती, परेश राई, उल्टो साइकलयात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शोको मज्जा पनि लिन सकिने आयोजक बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक गायक भक्तिराज राईले जानकारी दिए । उनका अनुसार साथमा नृत्य प्रस्तुति र चित्रकुमारको दिउँसो २ बजे धरानस्थित दुर्गाचौकदेखि भानुचोकसम्म उल्टो मोटरसाइकल प्रदर्शनी समेत रहनेछ । नेपाल आइस नेचुराको प्रस्तुति रहेको कार्यक्रममा पूर्वाञ्चल सिङ्गीङ स्टारका बिजेताहरुको पनि प्रस्तुति रहनेछ ।
ग्रुप अफ बराह प्रायोजन, हिमालय ग्रिन टी, समाजसेवी मिङ्मा भोटे, धरान मेघा कलेज, मन्टेश्वरी किन्डर गार्टेन धरान, आर्या ब्युटी हब एकेडेमी, केडिपी ग्रिन टी धरान, रोदुङ शिलालेख, लोटस बोर्डिङ स्कुल, राजकुमार राई रामप्रसाद राई गाउँपालिकाका वडा नं. ८ हाल मलेसिया, दोर्ज राई, रामप्रसाद राई गाउँपालिकाका वडा–८ हाल क्रोयसिया, थकाली किचन एण्ड फाष्टफुड, साइन मेकअप स्टुडियो एण्ड ब्युटी पार्लर धरानको सहयोग रहनेछ ।
अफिसियल हस्पिटालिटी पार्टनर होटल नवयुग धरान, अफिसियल मेकअप द ब्युटी हब धरान, साउण्ड लाइफ पार्टनरमा सुन्दर साउण्ड धरान, अफिसियल मिडियामा हाम्रो कोशी आवाज डटकम रहेको छ ।
कार्यक्रममा मिस नेपाल २०१८ की आइडल तथा आरजे, भिजे मेरिना तुम्सा लिम्बूले कार्यक्रम सञ्चालन गर्नेछिन् ।



