धरानः धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारी आउँदो पौष २४ गते शनिबार धरानमा आयोजना हुने ‘नेपाल आइस मनोरन्जन धमाका २०२२’ मा आफ्नो प्रस्तुति दिन आउने भएका छन् ।
धरानको पब्लिक हाइस्कुलको मैदानमा साँझ साढे पाँच बजेदेखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तीनैजना कलाकारहरु पहिलोपल्ट धरान आउने भएको हुन् । आँखामा आउने सपनी, ब्ल्याक एण्ड व्हाइट, मन्द–मन्द, क्या राम्री, तिम्रो मुटुमा, लौ कान्छी, मेरी सानु, शिरफूलजस्ता थुप्रै लोकप्रिय गीतहरु एकदेव लिम्बूले गाइसकेका छन् । त्यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनर अपको विजयी अस्मिता अधिकारी पनि अहिले आधुनिक, पप तथा फिल्मी गीतहरुमा निक्कै नै लोकप्रिय छिन् ।
उनको तिम्रो मायाले बाँधेर राख, टाढा भएपनि, साली मन परयो, लज्जावती झारझैं, को होला त्यो, फल्र्टी माया, सिमसिमे पानीजस्ता थुप्रै हिट गीतहरु रहेका छन् । उनको भर्खर रिलिज भएको काफल खाने कुइँया बोलको गीत रिलिज भएको एक हप्तादेखि अहिलेसम्म युट्युबको ट्रेन्डिङमा रहेको छ ।
नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी रचना रिमाल पनि अहिलेको चर्चित गायिकामध्ये एक पर्छिन् । उनको फोटो फिरिममा, उनको प्रित, एक चिम्टी सिन्दुर, काफल गेडी, रुमाल चिनो, छुक छुक रेल जस्ता थुप्रै गीतहरु चर्चित छन् । एक समय चटपटे वाली गायिकाको रुपमा समेत भाइरल बनेकी गायिका रचना रिमालका प्रत्येक अन्तर्वार्ता समेत उनको सोझो जवाफले भाइरल हुने गर्छिन् ।
तिनै चर्चित कलाकारहरुलाई सिल्भर इन्टरटेनमेन्टले पहिलोपल्ट धरानमा आयोजना हुने भब्य कन्सर्ट नेपाल आइस मनोरन्जन धमाका २०२२ मा एक साथ उतार्दै छन् । कार्यक्रममा विभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ । नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाइन टिभी, बराह ग्रप, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको कन्सर्टको गेट टिकट रु २०० मात्र राखिएको छ ।
भब्य साउण्ड र लाइटसहितको कन्सर्टको लागि अहिले प्रचारप्रसार तीब्ररुपमा गरिएको छ । धराने दर्शकहरुले लामो समयपछि नयाँ चर्चित अनुहारसँगै नयाँ स्वरमा आफ्ना मनपर्ने गीतहरु प्रत्यक्ष सुन्न पाउनेछन् ।
