Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘अन्नपूर्ण साँझ’ को तयारी

हाम्रो कोशी आवाज
पुष १९ २०७८, सोमबार
धरानमा ‘अन्नपूर्ण साँझ’ को तयारी

धरानः धरान-१६ मा अन्नपूर्ण साँझ हुने भएको छ । पुस २७ गते मङ्गलबार एकदिने उत्सवसहितको अन्नपूर्ण साँझ आयोजना हुने पत्रकार सम्मेलन आयोजना गरी आयोजकले जनाएको छ ।
डिजाइनर्स ब्राण्डको आयोजना, अन्नपूर्ण युवा परिवारको संयोजन र १६ नं. वडा कार्यालयको सहयोगमा कार्यक्रम हुन लागेको हो ।
चर्चित राष्ट्रिय गायक सविन राई र शिव लामिछानेलगायतका कलाकार जन्माइसकेको अन्नपूर्ण साँझ एकदिने उत्सवको रुपमा मनाउन लागिएको कार्यक्रम संयोजक गौतम खालिङले जानकारी दिए । उनका अनुसार साँझमा चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो बत्तीमुनि मुनि व्याण्ड प्रस्तुति दिन आउने भएका छन् । अन्नपूर्ण लाइनमा रहेको बिजुली अफिसदेखि पूर्वपट्टिको खाली जग्गामा स्टलसहितको कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए । स्टलमा व्यवसायिक खानेकुराहरु साथै अन्य पसलहरु समेत राखिनेछ ।
अनुमानित १४ लाख ५० हजार रुपैयाँ लागतको कार्यक्रमका लागि धरान–१६ का वडाध्यक्ष दिलकुमार गिरीले ५० हजार रुपैयाँ वडाबाट विनियोजन गरिएको जानकारी गराए ।
च्यारिटेबल साँझको आयोजना गर्दै आइरहेको र यस खालको कार्यक्रमले युवाहरुमा सक्रियता ल्याउने, सामाजिक उत्तरदायित्व सिकाउने र विभिन्न खराब कार्य वा कुलतबाट फँस्नबाट जोगाउन मद्दत गर्ने आयोजकको भनाइ छ । कार्यक्रमबाट उठेको रकमले १६ नं. वडाका असहायक तथा विपन्न परिवार तथा धरान छाताचोकस्थित पुनस्थापना केन्द्रमा सहयोग गर्ने लक्ष्य लिइएको उनले जानकारी गराए ।
यस वर्ष दिउँसोदेखि नै स्टेजमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुनेछन् । साँझमा स्थानीय कलाकार, गरिमा डान्स सेन्टरको नृत्य साथै चर्चित पहेंलो बत्तीमुनि ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ । राति ९ बजेसम्म कार्यक्रम राखिएको र त्यसपछि मनोरञ्जनका लागि हाउजी खेल खेलाइने जनाइएको छ । ‘यसले वडा नम्बर १६ लाई चिनाउने अनुमान गरिएको छ’, संयोजक खालिङले भने ।

प्रकाशित मिति: पुष १९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend