Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान १२१ वर्षमा, तीनदिने धरान उत्सव शुरु

हाम्रो कोशी आवाज
पुष २० २०७८, मंगलबार
धरान १२१ वर्षमा, तीनदिने धरान उत्सव शुरु

धरानः धरानमा तीनदिने धरान उत्सव (धरान डे) शुरु भएको छ ।
पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएर उनले केक समेत काट्दै उत्सवको उद्घाटन गरेका हुन् ।
धरान स्थापना भएको १२१ औं वर्षको अवसरमा तीनदिने धरान उत्सव अर्थात् धरान डे मनाइएको हो । धरान उपमहानगरपालिकाले पुस २० गतेलाई धरान स्थापना भएको दिनकोरुपमा मानेर धरान डे मनाउँदै आएको छ ।
धरान उत्सवका अवसरमा धरानमा विभिन्न जातीय खानेकुराका स्टलहरु राखिएका छन् । जसमध्ये तीनपाने रक्सी र कालो बङ्गुरको छुट्टाछुट्टै स्टल समेत राखिएको छ । धरान उपमहानगरपालिकाले तीनपाने रक्सी र कालो बङ्गुरलाई ब्राण्डिङ गर्ने निर्णय समेत गरेको छ । यस्तै, स्वास्थ्यसँग सम्बन्धित सामग्री पनि स्टलमा राखिएका छन् भने फूललगायतका स्टल पनि छन् ।
उत्सवमा दिनहुँजसो सांगीतिक, साहित्यिक कार्यक्रमहरु पनि आयोजना हुनेछन् । दोस्रोदिन सबै वडा कार्यालय मार्फत टीएलओ परिचालन गरी वडा सरसफाई गर्ने, संघसंस्था परिचालन गरी जिरोप्वाइन्टदेखि तिनकुनेसम्म प्लाष्टिक सरसफाइ कार्यक्रम र मास साक्लिङ आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस्तै, बिहान साढे १० बजे धरान प्रज्ञा प्रतिष्ठानको समन्वयमा बहुभाषिक कविता गोष्ठी हुनेछ भने दिउँसो धरानको दिर्घकालिन विकास सम्भावना तथा अवसर विषयक कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । यस्तै, तेस्रो दिन रस्सी तान प्रतियोगितालगायत कार्यक्रमहरु आयोजना गर्दै धरान डे समापन गरिने जनाइएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष २० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend