Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उत्सवमा साँझपख मेयर, उपमेयरको ‘डान्स’

हाम्रो कोशी आवाज
पुष २० २०७८, मंगलबार
धरान उत्सवमा साँझपख मेयर, उपमेयरको ‘डान्स’

धरानः धरान उत्सवको पहिलो दिन साँझ पोखरेली कलाकारहरुले लोकदोहोरी गाएर दर्शकलाई मनोरञ्जन दिलाए ।
यससँगै धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी (सुवेदी), वरिष्ठ राजश्व, सूचना तथा पर्यटन अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पनि नृत्य देखाएर मनोरञ्जन दिलाएका छन् । मितेरी साइनो गाँसिएको पोखराको साँस्कृतिक टोलीको गीत प्रस्तुत गर्दा उनीहरु स्टेजमा पुगेर नाचेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा धरान आउने भएपछि मेयर राई दिनभर नै कार्यक्रममा व्यस्त रहे । कलाकारहरुले पनि दिनभरीको थकाइ मेटियो भन्दै धाप मारेपछि उनले मुसुक्क हाँस्दै कलाकारलाई धन्यवाद भन्न भ्याए ।
हेरौं तस्वीर र भिडियोः

प्रकाशित मिति: पुष २० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend