Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘किराती हामी ’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
पुष २१ २०७८, बुधबार
धरानमा ‘किराती हामी ’ सार्वजनिक (भिडियोसहित)

धरानः धरानमा ‘ किराती हामी’ गीतको बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
विजय वाम्बुले राईले स्वर भरेको म्युजिक भिडियोको बुधबार धरान–१० स्थित ज्वाइँ खानामा सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चर्चित गायक डिल्ली फोम्बोले सो म्युजिक भिडियो सार्वजनिक गरे । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको उपस्थितिमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोको एरेन्ज पावल चाम्लिङले गरेका छन् भने मनिता राई र प्रितम सम्वाहाम्फेले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि फोम्बो र अग्रज पत्रकार सुब्बाले भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: पुष २१ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend