धरानः अभया सुब्बाको ‘लैजाऊ मलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
अभया एन्ड स्टिम इन्जिन्स ब्याण्ड स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
अभया सुब्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा धराने राष्ट्रिय गायक डिल्ली फोम्बो र अस्मि श्रेष्ठको अभिनय रहेको छ। जसको निर्देशन विभूषण श्रीजोङहाङ सुब्बाले गरेका हुन् भने छायांकन सुमित श्रेष्ठको हो । आयोजित कार्यक्रममा अभिनेत्री मल्लिका महत, गायिका इन्दिरा जोशी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, अल्ट्रारनर मिरा राईलगायतको उपस्थिति रहेको थियो ।