Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘किरात सिरिजङ्गा लिपी’ बनाउने कार्यप्रतिको विरोध

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
धरानमा ‘किरात सिरिजङ्गा लिपी’ बनाउने कार्यप्रतिको विरोध

धरानः धरानमा ‘किरात सिरिजङ्गा लिपी’ बनाउने भन्ने कार्यप्रति विरोध शुरु भएको छ ।
धरानमा यसअघि नै पत्रकार सम्मेलन गर्दै लिपीको नाममा समायोजन गर्ने निर्णयप्रति युमा साम्यो महासभा नेपालले विरोध जनाइएको छ ।
यस्तै, याक्थुङ चुम्लुङ, धरान–१३ ले पनि बुधबार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै विरोध जनाएको हो । ‘किरात याक्थुङ चुम्लुङलगायत किरातजन्य संघसंस्थाहरूले सिरिजङ्गा लिपीलाई किरात सिरिजङ्गा लिपी बनाउने भन्ने कार्यप्रति घोर आपत्तिप्रकट गर्दछौं’, अध्यक्ष भक्त याक्थुङ्बा र सचिव अमर तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘याक्थुङहरुको लिपी सिरिजङ्गा लिपीलाई शहिद सिरिजङ्गाकै अपमान र मानमर्दन हुनेगरी किरात सिरिजङ्गा लिपी समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदनअनुरुप किरात सिरिजङ्जा लिपी बनाउने कार्यप्रति नै हाम्रो आपत्ति हो ।’
लिपी अन्वेषक, प्रवद्र्धक तथा प्रचारकको त्याग र तपस्याले बनाइ ऐतिहासिक र पुरातात्विक समेत बनेको र नामाकरण गरी प्रयोगमा रहेको लिपीलाई कुनै पनि हालतमा नाम परिवर्तन गर्न नहुने साथै वर्णहरु (अक्षरहरु) तलमाथि, दायाँबायाँ, गर्ने अधिकार कसैमाथि नभएको अध्यक्ष याक्थुङ्बाले बताए । हाल प्रचलित वर्णअनुसार नै कायम हुनुपर्ने, यसलाई सिरिजङ्गा लिपी नै भनिनुपर्ने उनको भनाइ छ ।
विज्ञप्तिमा तोडमोड गर्न खोज, परिवर्तन नै गरे, त्यसको परिणाम राम्रो नहुने समेत चेतावनी दिइएको छ ।
गत माघ १ गते किरात याक्थुङ चुम्लुङको अगुवाई र पहलमा किरातजन्य भनिने संस्थाहरुले सिरिजङ्गा लिपीलाई किरात सिरिजङ्गा लिपी बनाउने भनिएको छ ।
सिरिजङ्गा लिपी समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदनमा थपिएका १२ वटा स्वर र ४८ वटा व्यञ्जन वर्णहरूप्रति असहमति जाहेर गर्दै सो अक्षरहरु लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्र नभई पूर्ण असान्दर्भभिक याक्थुङ चुम्लुङको ठहर रहेको जनाइएको छ । उनीहरुले सिरिजङ्गाको लिपीमा किरात जोडिनु भनेको याक्थुङ लिम्बू जातिको संस्कृतिमाथि खुल्ला आक्रमण भएको समेत बताएका छन् ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend