Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा निःशुल्क पत्रकारिता तालिम शुरु

हाम्रो कोशी आवाज
माघ ६ २०७८, बिहिबार
धरानमा निःशुल्क पत्रकारिता तालिम शुरु

धरानः प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीको पाँचदिने निःशुल्क आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरे । अहिलेको बदलिँदो परिस्थितिअनुसार युवाहरुलाई पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको सेन्टरका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार तालिम माघ–१० गतेसम्म सञ्चालन हुनेछ । तालिमको सहजीकरण कोशीपत्र दैनिकका सम्पादक तथा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोहीले गरे । तालिममा धरान उपमहानगरपालिकाभरिका २० जना युवायुवतीहरु सहभागी भएका छन् ।

प्रकाशित मिति: माघ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend