Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनुका राईको ‘आयो साकेला’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ ८ २०७८, शनिबार
अनुका राईको ‘आयो साकेला’ सार्वजनिक (भिडियोसहित)

धरानः ‘आयो साकेला, ढोल झ्याम्टा बज्यो’ बोलको म्युजिक भिडियो साङ्गीतिक बजारमा सार्वजनिक भएको छ ।
गीतको शब्द र स्वर कलाकार अनुका राईको रहेको छ भने म्युजिक पावल चाम्लिङको रहेको छ । अनुका राईको साङ्गीतिक कर्म धरानबाट शुरु भएको थियो । उनले यसअधि दर्जनौं म्युजिक भिडियोमा गाइसकेकी छिन् ।
जातजातीको चाडपर्व, संस्कार, संस्कृति र रीतिरिवाजलाई प्राथमिकताको केन्द्रमा राखेर निर्माण गरिएको यो गीत सार्वजनिक गर्न पाउँदा आफू ज्यादै खुसी भएको कुरा गायिका अनुका बताउँछिन् । प्रायः आधुनिक र लोकभाकाको गीत गाउने अनुकाले आफ्नै जातजातिको संस्कृति र मान्यतालाई आफ्नो गीतमार्फत् अभिव्यक्त गर्न पाउँदा आफू पुलकित भएको अनुभव सुनाउँछिन् । विभिन्न जातजाति बसोबास रहेको नेपालमा यो गीतले पनि महत्वपूर्ण स्थान राख्छ भन्ने मान्यता निर्माण पक्षको रहेको छ ।
सोही गीतको उत्पादन र वितरणमा जुन शिला म्युजिक प्रालि रहेको छ । मिक्सिङ रदीप श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियोका कलाकार पात्रहरु क्रमशः अनुका राई, सुशिला राई, डिपी राई, भुवन मगर, इशा आङदम्बे, परिवुङ राई, प्रीति राई, विमियोङ राई आदि रहेका छन् ।

प्रकाशित मिति: माघ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend