Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना केही होइन ?

हाम्रो कोशी आवाज
माघ ८ २०७८, शनिबार
कोरोना केही होइन ?

मेरो विचारमा हाम्रो देश नेपालमा नोवेल कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहर यति छिटो, भूईँतहमा गएर, पुगेर यति धेरै मानिसहरुको संख्याको बीचमा फैलनुमा अरु केही कारणहरु नभएर हामी नेपालीहरु जो छौं, हामी सबै जना हाम्रो आमाको कोख (नौ महिना गर्भमा रहँदा) मा हुँदादेखि नै डाक्टर पढेर, भएर आएको हुनाले गर्दा हो । किनभने, अझै पनि हामी नेपालीहरु प्रायः सबैले कोरोना केही होइन भन्ने गरिरहेकै छौं । यो ज्ञानको स्रोत हामीले प्राप्त गरेको भनेको प्रायः सबै नेपालीहरुले आ–आफ्नो आमाको कोखमा हुँदादेखि नै डाक्टर पढेर, भएर आएको हुनाले गर्दा नै हो भनी ठोकर भन्न सकिन्छ ।
नत्रभने त, सन् २०१९ को डिसेम्बर अन्तिमदेखि शुरु भएको नोभेलकोरोना भाइरस (कोभिड १९) ले नेपालमा भर्खर गति तीब्र गतिले चरम रुप लिँदैछ । यो क्रम गत ८-९ दिनदेखि लिन सुरु भएर हाल चमोत्कर्षमा पुग्दैछ । यस विषयमा सम्बन्धित विज्ञहरु जस्तै सरुवा (भाइरल) रोग विज्ञ, जनस्वास्थ्य (पब्लिक हेल्थ) विज्ञ, खोप वैज्ञानिक, औषधि (मेडिसिन) वैज्ञानिक, अन्य डाक्टर, नर्स, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक, तथा सम्बन्धित विभागका निर्देशक तथा विज्ञ आदि सबैले ‘नोभेलकोरोना भाइरस (कोभिड १९) को पहिलो, दोस्रो तेस्रो, चौथो, पाँचौ…, सबै खतरापूर्ण छ, असरदार छ त्यसैले यसबाट बच्न हामी सबै सचेत हुनुपर्छ, यसबाट बच्ने विभिन्न उपायहरु अपनाउनुपर्छ, आफू, आफ्नो घर, आफ्नो परिवारलाई सुरक्षित रहनु प्रयास गर्नुपर्छ, हेलचेक्रयाइँ र लापरवाही गर्नु हुँदैन’ भनी रहेको देखिन्छ ।
तर, हाम्रो देश नेपालमा तेसौ लहर यति छिटो र धेरै संख्यामा तलतल (भूईँ तह) सम्म फैलिनुमा माथि नै मैले उल्लेख गरेको आमाको कोखमा हुँदादेखि नै डाक्टर पढेर, भएर आएकाहरुले गर्दा नै हो भनी ठोकुवा गर्न सकिन्छ । किनभने उनीहरुले जहिले पनि ‘कोरोना केही होइन कोरोना केही होइन’ हल्कारुपमा लिने गर्थे भने मुखमा मास्क नलागउने, लगाउनेले पनि चिउँडो मुनी लगाउने गर्थे । त्यसैले गर्दा पनि हामी नेपालीमाझ यति छिटै कोरोनाको तेसौ लहर फैलिएको हो ।
अचम्म के छ भने, अझै पनि आमाको कोखमा हुँदादेखि नै डाक्टर पढेर, भएर आएकाहरु ‘कोरोना केही होइन कोरोना केही होइन’ भन्दै हल्कारुपमा लिँदै चिया सुर्काइरहेका भेटिन्छन् । धन्य छन्, कोरोनाको महामारीले नेपालमा तेस्रो लहरको रुप लिएर व्यापक रुपमा पैmरिहँदा पनि ‘कोरोना केही होइन, कोरोना केही होइन’ भन्दै हल्कारुपमा लिने यी आमाको कोखमा रहँदा नै डाक्टर पढेर, भएर आएका मुर्धन्य महानुभावहरु ?
यी आमाको कोखमा हुँदादेखि नै डाक्टर पढेर, भएर आएकाहरु अभैm पनि हामी चिया पसलमा मात्रै नभएर खाद्यान पसल, तरकारी बजार, फलफूल बजार, चोक, सार्वजनिक यातायात, मुख्य सडक, बाटोघाटो, सामान्य छलफल हुने ठाउँ, भेला हुने ठाउँ, मेलापात आदिमा अहिले पनि कोरोनालाई ‘कोरोना केही होइन, कोरोना केही होइन’ नै भनी रहेका भेटिन्छन् । सार्वजनिक गाडी र भीडमा सर्वसाधारण मानिसहरुलाई मास्क लगाऊँ न है भनी आग्रह गर्दा उनीहरु मध्ये धेरैजसो मानिसहरुले फेरि पनि आपैm नै सर्वज्ञ डाक्टर हो भनेझैं गरेर ‘कोरोना केही होइन, कोरोना केही होइन’, भन्दै हिँडिरहेकै छन । तर, केही गरी साँच्चै कोरोना लागीहालेमा हालसम्म यसको स्थार्यी उपचार विधि र अचूक औषधि के हो ?
मानौं उनीहरु साँच्चै लाखौंलाख (८०-९० लाख देख करोडौंभन्दा माथि) खर्च नगद खर्च गरेर पढेर मेडिकल डाक्टर भएका हुन् । त्यसैले मेडिकल विषय पढेको डाक्टरभन्दा कता हो कता जान्नेसुन्ने र बुझ्ने डाक्टरहरु हुन् । तर, मेडिकल विषय पढेर भएका मेडिकल डाक्टरहरुले यस्तो बेकारको बकम्फुसे गफ गरेको सुनेका छौं, हामीले ? हो तर, आमाको कोखमा रहँदा नै सबै कुरो जानेर आएका डाक्टर आएका ‘ताईँ न तुईँका डाक्टरहरुको कुरोचाहिँ…हैट …? त्यसरी आफ्नो आमाको कोखमा रहँदै डाक्टर भएर जन्मेका ‘ताईँ न तुईँका डाक्टरहरुको कुरोले गर्दा पनि पछिल्लो पटकको (ओमिक्रोन) कोरोनाले नेपालमा यदि विधि चाँडै सर्ने मौका पाएको हो भन्ने यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’को ठम्याई हो । नत्रभने, हामीले साँच्चै मेडिकल विषय पढेर भएका डाक्टरहरु जो लाखौं लाख (८०-९० लाख देखि करोडौंभन्दा माथि) खर्च नगद र आप्mनो अमूल्य समय खर्च पढेर गरेर मेडिकल डाक्टर भएका छन्, उनीहरुको कुरोलाई गम्भीर भएर सुनेको र, मनन् गरेको भए पछिल्लो पटक नेपालमा फैलिरहेको कोरोनाको तेस्रो लहर (ओमिक्रोन) ले तीब्र गतिमा समुदायस्तरमा यति चाँडै फैलने थिएन भन्न सकिन्छ । हुन पनि सुरुदेखि नै दुई दुई वटा मास्क माथि फेसशिल्ड लगाएर काम गरी रहेका छन्,मेडिकल विषय पढेर डाक्टर भएका मेडिकल डाक्टरहरु ।
तर, नपढीकनै र आमाको गर्भमा रहँदा नै डाक्टर भएर जन्मेका डाक्टरहरुको कुरो नै बेग्लै । जे होस्, साँच्चै हामी नेपालीहरु स्वविवेकी भएको भए, अथवा आपूmभन्दा जान्ने, बुझ्ने र विषय विज्ञहरुले भनेको मान्ने भएको भए, अहिले हाम्रो देशमा तेस्रो लहरको रुपमा चलिरहेको कोरोना महामारीको यो महासमर जित्नलाई त्यति गाह्रो हुन्थेन होला कि ? अथवा यसो पनि भन्न सकिन्छ कि, साँच्चै हामी नेपालीहरु स्वविवेकी भएको भए, अथवा आफूभन्दा जान्ने, बुझ्ने र विषय विज्ञहरुले भनेको मान्ने भएको भए, अहिले हाम्रो देशमा तेस्रो लहरको रुपमा चलिरहेको यो कोरोना महामारीको दाण्डव नृत्य यो हलसम्म देख्नु, हेर्नुपर्ने थिएन कि ?
तर, हामी नेपालीहरु कस्तो छौं भने, आमाको कोखमै डाक्टर भएर जन्मेको मात्रै नभएर अति जान्ने, सुन्ने (अजासु) नै हौं, सर्वज्ञ नै भन्ठान्छौ, सर्वज्ञनानी नै हौं भन्ठान्छौं । मानौं कि यो ब्रमाण्डमा हामी नेपालीभन्दा जान्ने, सुन्ने, विवेकी, ज्ञानी आदि अरु कोही छैन । त्यही भएर हामीहरु आफूभन्दा जान्ने, सुन्ने, बुझ्ने खास गरेर कुनै पनि विषयका विषय विज्ञहरुले भनेको समेत सुन्दैनौ, मान्दैनौं । नत्र भने त कोरोना महामारी फैलिएको लगभग २४-२५ महिना भइसक्यो । तर, पनि हामी मध्ये धेरैले अझैपनि खल्तीमा बोकेर हिँड्छौं, मास्क लगाउँदैनौं । मास्क लगाउँदा वा मास्क लगाउने व्यक्तिले पनि नाकमुख छोप्ने गरी राम्रोसँग नलगाएर यसो चिउँडो मात्रै छोप्ने गरी लगाउँछौं । मानौं कि, हामीले लगाएको मास्क कसैको बाध्यताका लागि मात्रै हो । बल्लतल्ल पाएको आफ्नो अमूल्य जीवन बचाउनलाई हुँदै होइन ?
त्यसैले त अझै पनि हाम्रो देश नेपालका धेरै ठाउँमा ‘तपाईँको मास्क खोई ?’ भनी अभियान चलाएर मास्क बाँड्नु परिरहेको छ । मास्क नलगाई हिँड्नेहरुलाई सय रुपैयाँ जरिवाना गर्नु परिरहेको छ । यसरी आमाको कोखमै डाक्टर भएर जन्मेकाहरुलाई प्रहरी प्रशासनले ‘नगद जरिवाना’ गराएररै मास्क लगाउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । धन्य छन्, ती आमाको कोखमै डाक्टर भएर जन्मेका मनुवाहरु ।
-ninamkirat123@gmail.com

प्रकाशित मिति: माघ ८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend