Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानव बेचविखन सम्बन्धीका ८८ वटा मुद्दा दर्ता, बेचिनेमा धेरै बालिका

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
मानव बेचविखन सम्बन्धीका ८८ वटा मुद्दा दर्ता, बेचिनेमा धेरै बालिका

धरानः मानव बेचखिन अनुसन्धान ब्युरोमा चालु आर्थिक वर्षको ६ महिनामा मानव बेचविखन सम्बन्धी ८८ वटा मुद्दा दर्ता भएका छन् । ब्युरोको तथ्यांक अनुसार साउन महिनामा २० वटा मुद्दा दर्ता भएका छन् । जसमा पिडित महिलाको संख्या २७ रहेको छ भने पिडित पुरुषको संङख्या एक रहेको छ ।
ब्युरोका अनुसार भदौ महिनामा २५ वटा मुद्दा दर्ता भएका हुन् । जसमा महिला पीडितको संख्या २९ रहेको छ । असोजमा दर्ता भएका मुद्दा १८ वटा रहेका छन् । यसै महिना दर्ता भएका मुद्दामध्ये ३१ जना महिला र १ जना पुरुष गरी पिडितको संख्या ३२ रहेको छ ।
त्यस्तै कात्तिकमा दर्ता भएका ७ वटा मुद्दामा ९ जना महिला र २ जना पुरुष गरी ११ जना पीडित रहेका छन् । मंसिर महिनामा मानव बेचविखन सम्बन्धि १९ वटा मुद्दा दर्ता भएका हुन् । दर्ता भएका मुद्दाहरुमा १९ जना महिला र एक पुरुष गरी पीडितको संङख्या १० रहेको छ ।
ब्युरोका अनुसार मानव बेचविखन सम्बन्धी दर्ता भएका मुद्दाहरुमध्ये ७५ जना महिला र २३ पुरुष गरी ९८ जना पक्राउ परेका छन् भने ५१ जना पुरुप र २० महिला गरी ७१ जना अझै फरार रहेको ब्युरोले जनाएको छ ।
ब्युरोको तथ्यांक अनुसार गत तीन आर्थिक वर्षमा देशभरि मानव बेचविखन सम्बन्धीका ५२८ वटा मुद्दाहरु दर्ता भएका थिए । दर्ता भएका मुद्दाहरु पीडित पुरुषको सङख्या ८९ रहेको छ । उक्त तथ्याङक अनुसार सबैभन्दा पीडित महिलाहरु रहेका छन् । जसमा पीडित महिलाको संङख्या ६१८ रहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा २५८ वटा मानव बेचविखन सम्बन्धिका मुद्दाहरु दर्ता भएका थिए । पिडित पुरुषको संङख्या ७१ रहेको छ भने महिला पीडितको संख्या ३१६ रहेको छ । दर्ता भएका उक्त मुद्दाहरुमा अभियुक्त पुरुषको संङख्या ४०७ र महिलाको संङख्या ११७ रहेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ब्युरोमा दर्ता १३६ वटा मुद्दाहरुमा पीडित पुरुषको सख्या १४ रहेको छ भने पीडित महिलाको सङख्या ११९ जना रहेको छ । दर्ता भएका उक्त मुद्दाहरुमा अभियुक्त पुरुषको संङख्या २३३ र महिलाको संङख्या १०७ रहेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा मानव बेचविखन सम्बन्धीका २३४ वटा मुद्दाहरु दर्ता भएका थिए । उक्त मुद्दाहरुमा पिडित पुरुषको सख्या ४ रहेको छ भने पिडित महिलाको संख्या १८३ रहेको छ । दर्ता भएका उक्त मुद्दाहरुमा अभियुक्त पुरुषको संंख्या २०२ र महिलाको संङख्या ९५ रहेको छ ।
तीन आर्थिक वर्षमा दर्ता भएका ५२८ वटा मानव बेचविखन सम्बन्धीको मुद्दाहरुमध्ये उक्त घटनामा संलग्न रहेका ४८७ जना पुरुष र २०६ जना महिला पक्राउ परेका छन् भने ३५४ जना पुरुष र ११४ महिला अझै फरार रहेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५÷७६ मा २५८ वटा मानव बेचविखन सम्बन्धिका मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये बेचविखनमा संलग्न रहेका २४९ जना पुरुष र ८४ जना महिला पक्राउ परेका छन् भने १५७ जनापुरुष र ३४ महिला अझै फरार रहेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा ब्युरोमा १३६ वटा मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये बेचविखनमा संलग्न रहेका १२७ जना पुरुष र ७१ जना महिला पक्राउ परेका छन् भने १०६ जना पुरुष र ३६ महिला अझै फरार रहेका छन् ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ मा मानव बेचविखन सम्बन्धीका २३४ वटा मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये बेचविखनमा संलग्न रहेका १११ जना पुरुष र ५१ जना महिला पक्राउ परेका छन् भने ९१ जना पुरुष र ४४ महिला अझै फरार रहेको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार श्रम शोषणबाट पिडित र जागिर लगाइदिन्छु भन्ने प्रलोभनमा परि बेचिन लागेका महिला तथा बालबालिकाहरुलाई देशका विभिन्न नाकाहरुबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा २७ जना महिला १४ बालिका र एक बालक रहेका छन् ।
साउन महिनामा ६ जना महिला र ६ जना बालिका गरी १२ जनाको उद्धार गरेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार काकडभित्ता र धनुषा नगराई नाकाबाट भारतीय प्रहरी र नेपाल प्रहरीको सहायतामा २ जना बालिकाको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै विरगञ्ज र कावासोती नाकाबाट नेपाल प्रहरीको सहायतामा २० र २५ वर्षिय दुई महिला र १६ वर्ष र १७ वर्षका दुई बालिकाको उद्धार गरिएको छ । साउन महिनामै नेपालगञ्ज नाकाबाट नेपाल प्रहरीले १२ वर्षिय बालिकाको उद्धार गरेको थिया्े ।
त्यसैगरी साउन महिनामा नै भारत लादै गरेको २५ वर्षिय एक महिला र १५ वर्षिय बालिकाको नेपाल प्रहरीको सहायतामा उद्धार गरेको तथ्यांकमा उल्लेख छ । ब्युरोको तथ्यांक अनुसार साउन महिनामा नेपालगञ्ज नाकाबाट एक महिला, भारतबाट एक महिला र कण्ठपुर बलिया नाकाबाट १९ वर्षिय महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भदौ महिनामा भारत लैजादै गरेको एक महिला र एक बालिका, हेटौडा नाकाबाट एक महिला, बिरगञ्ज भारत नाकाबाट छ जना महिला र १८ वर्षिय १ बालिका, अर्घाखाँचीको होटलबाट ४ महिला, कैलाली लम्कीबाट एक महिला र महेन्द्रनगरबाट १६ वर्षिय एक बालिकालाई नेपाल प्रहरी, आफन्त नेपाल र शान्ति पुनस्र्थापना गुहको सहायतामा उद्धार गरिएको ब्यरोले जनाएको छ ।
असोज महिनामा भारत गुणगाउबाट १६ वर्षिय बालिकालाई भारतीय र नेपाल प्रहरीले उद्धार गरेको थियोे । त्यस्तै जोगमनी नाकाबाट १४ वर्षिय बालिका, पोखरा मनकामना होटलबाट २ जना महिला, बिराटनगर ब्युरोबाट ४ महिला र एक बालक भारत नागढबाट १४ वर्षिय बालिका, भारत जमुना नाकाबाट १७ वर्षिय बालिका र पाँच महिलालाई नेपाल प्रहरीले उद्धार गरेको हो । त्यसैगरी मंसिर महिनामा चितवन ठोरीबाट १६ वर्षिय बालिकालाई नेपाल प्रहरी साना हातले उद्धार गरेको तथ्याङकमा उल्लेख छ ।

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend