Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जनसंख्या १ लाख ७३ हजार ९६

हाम्रो कोशी आवाज
माघ १३ २०७८, बिहिबार
धरानको जनसंख्या १ लाख ७३ हजार ९६

धरानः धरान उपमहानगरपालिकाको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ ।
गनगणना घर संख्या ३४ हजार ८ सय ३४ रहेको धरान उपमहानगरपालिकामा ४३ हजार ८ सय १५ परिवार संख्या रहेको प्रारम्भिक नतिजामा देखाइएको छ । यस्तै, ८२ हजार ६ सय ८३ जना पुरुष र ९० हजार ४ सय १३ जना महिला छन् ।
यस्तै, सुनसरीकै इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ पुगेको छ । इटहरीमा ९४ हजार ३ सय ८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७ सय ९ रहेको छ ।
सुनसरीको जनसंख्याको नतिजा हेर्दा धेरै जनसंख्या हुनेमा इटहरी, धरान, बराहक्षेत्र रहेका छन् । बराहक्षेत्रको ९१ हजार ८ सय ९१, इनरुवाको ७५ हजार ९ सय २०, दुहबीको ६७ हजार ५१, रामधुनीको ६३ हजार ३ सय ७८, हरिनगरको ४९ हजार ५ सय १, भोक्राहा नरसिंहको ४९ हजार ३ सय ७१ र कोशी गाउँपालिकाको ४८ हजार ७ सय ६८, गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४ सय ७८, देवानगञ्जको ३९ हजार ३ सय ६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५ सय ३३ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा उल्लेख छ ।

प्रकाशित मिति: माघ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend