Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान जेसीजको पदस्थापन र पुरस्कार वितरण

हाम्रो कोशी आवाज
माघ १७ २०७८, सोमबार
धरान जेसीजको पदस्थापन र पुरस्कार वितरण

धरानः धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा धरान जेसीज वर्ष २०२१ का पदाधिकारीहरुको बिदाइ र वर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गरिएको छ । ४६ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा धरान जेसीजको परियोजनाको रुपमा रहेको जुनियर जेसीजको समेत २५ औं पदस्थापन समारोह समेत सम्पन्न गरिएको छ ।
प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वर्ष २०२२ का लागि निर्वाचित भएको धरान जेसीजको अध्यक्ष अध्यक्ष प्रतीक श्रेष्ठलाई वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीले शपथ ग्रहण गराएका छन् भने नवनिर्वाचित अध्यक्ष प्रतीक श्रेष्ठले आफ्नो कार्यसमितिका निर्वाचित तथा मनोनित गरेको पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका छन् ।
कार्यक्रम धरान जेसीज वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीको अध्यक्षतामा भएको थियो । पदाधिकारीहरुमा कार्यकारिणी उपाध्यक्षद्वय सागर प्रसाई, सलुजा मास्के, कानुनी सल्लाहकार आशिषराज यादब, महासचिव ऋषिराम भट्टराई, कोषाध्यक्ष आयुष्मा शाक्य, उपाध्यक्षहरु कायुङ राई, राजेन्द्र रिजाल, निशान नेपाल, शुभम् शाक्य, सचिव राजु शाह, आर्थिक सल्लाहकार दीपा श्रेष्ठ, जनसम्पर्क अधिकारी रीमा थापा मगर, जुनियर जेसीज संयोजक अनिल श्रेष्ठ, तालिम निर्देशक कृष्ण केसी बर्मा, शाखा सम्पादक खेमकला काङबाङ (आयुष्मा), प्रकरण निर्देशक लोकेन्द्र श्रेष्ठ, संघसंस्था संयोजक इन्द्रबहादुर कार्की, कोष बृद्धिसंयोजक विदुर थापा, भवन निर्माण संयोजक वर्षा अग्रवाल (श्रेष्ठ), सामुदायिक कार्यक्रम संजयोक सञ्जु राई (सुमित्रा) र रेकर्ड एण्ड रिकगिनसन अफिसर पूजा अग्रवाल रहेका छन् । यसैगरी धरान जुनियर जेसीज २०२१ का अध्यक्ष साहिल भुजेलले २०२२ का अध्यक्ष आयुुष्मान कार्कीलाई शपथ ग्रहण गराएका छन् ।
पदस्थापन कार्यक्रममा नयाँ नेतृत्वले आफ्ना भावी कार्यक्रमहरुलाई प्रस्तुत गरेको गरेको थियो भने पुरानो नेतृत्वले आफूले सम्पन्न गरेको कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गरेको छ । यसैगरी वर्षभरी शाखाको हरेक क्षेत्रमा आफूलाई संलग्न गराउँदै उत्कृष्ट हुने जेसीहरुलाई पुरस्कार गरिएको छ । जसमा श्याम–रेवा एवार्ड आयुष्मा शाक्य, राधा–मीना एवार्ड सलुजा मास्के, रमेश–टिका एवार्ड खेमकला काम्वाङ (आयुष्मा), सुरेश–पुष्पा एवार्ड वर्षा अग्रवाल, लक्ष्मण–उषा एवार्ड कायुङ राई, प्रभु–रोहिणी एवार्ड कृष्ण केसी वर्मा, कंचन ओराटरी एवार्ड साहिल भुजेल, केआर मेमोरियल एवार्ड सोनाहाङ राई, भोला–भगवती एवार्ड पूजा अग्रवाल, जनमत एवार्ड राजेन्द्र रिजाल, साबित्री मेमोरियल एवार्ड सागर प्रसाई, लोक–दिल एवार्ड राजु शाह, सुमन–सबिता एवार्ड रीमा थापा, शिव–रुपा एवार्ड मुस्कान मास्के, आनन्द–पावर्ती एवार्ड इन्द्रबहादुर कार्की, कुलगंगा एवार्ड सञ्जु राई (सुमित्रा), माधव–कमला एवार्ड ऋषिराम भट्टराई, सुदामा देवी–रामसेवक एवार्ड विजय घिमिरे, जसोदा–खड्ग एवार्ड दिपा श्रेष्ठले पाउन सफल रहेको पुरस्कार छनौट समितिका अध्यक्ष धरान जेसीजका भूपू अध्यक्ष अतुलदिप श्रेष्ठले बताएका छन् ।
सन् १९७५ मा विराटनगर जेसीजको मातृत्वमा धरान जेसीजका संस्थापक अध्यक्ष श्याम गोबिन्द श्रेष्ठद्वारा स्थापित धरान जेसीजमा हालसम्म ४५ जना अध्यक्षहरुले नेतृत्व गरिसकेका छन् ।

प्रकाशित मिति: माघ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend