Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलि धरानमा नेकपा एमाले कार्यक्रम

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
भोलि धरानमा नेकपा एमाले कार्यक्रम

धरानः नेकपा एमालेका महासचिव शंकर पोख्रेल आज (शुक्रबार) साँझ नै धरान आउने भएका छन् ।
शनिबार धरान–१५ स्थित चुम्लुङ हिममा आयोजना हुने अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमको लागि उनी धरान आउन लागेका हुन् । एमाले सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा सो कार्यक्रम हुन लागेको हो । जिल्ला कमिटीले शुक्रबार धरानस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी गराइएको हो ।
१० औं राष्ट्रिय महाधिवेशनले निर्धारण गरेको कार्यक्रम, नीतिको बारेमा प्रशिक्षण हुने एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।
प्रशिक्षणसँगै नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत विभिन्न पार्टीबाट एमालेमा समाहित हुने करिब ६ सय नेता, कार्यकर्तालाई स्वागत गरिने उनले जानकारी दिए । उनले एमालेमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता धेरै आउने दावी गरे । ‘भोलि नै थाहा पाइहाल्नुहुन्छ’, उनले भने, ‘विशेषतः माओवादी केन्द्रका कार्यकर्ता नै बढी हुनुहुन्छ, उहाँहरु स्थानीयदेखि प्रदेश कमिटीमा पनि पुगिसकेका हुनुहुन्छ, अझ भन्ने हो भने एउटा वडामा त माओवादीको शुन्य नै हुन्छ भन्ने हामीलाई लागिरहेको छ, कुन वडा हो त्यो भन्दैनौं, भोलि सबै कुरा खुलिहाल्छ ।’

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend