धरानः प्रेस सेन्टर नेपालको धरानमा भएको भेलाले सेन्टरको तेश्रो उपमहानगर सम्मेलन आयोजक समिति गठन गरेको छ ।
विनोद बिश्वकर्माको सम्योजकत्वमा १७ सदस्यीय आयोजक समिति गठन भएको हो । भेलाले माघ–२७ गते बुधबार धरान उपमहानगर सम्मेलन गर्ने निर्णय गरेको संयोजक विश्वकर्माले जानकारी गराए ।
सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्यहरु भरतराज शर्मा (गोपाल), अर्जुन शर्मा, जनकऋषि राई र प्रदेश सदस्य सञ्जय याक्खाको उपस्थिति थियो ।
सम्मेलन सफल बनाउनका लागि विभिन्न जिम्मेवारी समेत बाँडफाड गरिएको संयोजक विश्वकर्माले जानकारी गराए । गत कार्तिक १६ गते सेन्टरको चौथो जिल्ला अधिवेसन सम्पन्न भएपछि जिल्ला समन्वय समिति सुनसरीले माघ–६ गतेदेखि १० गतेसम्म ५ दिवसीय निःशुल्क आधारभूत पत्रकारिता तालिम आयोजना गरेको थियो ।
माघ–१५ गते इटहरी–१६ पकलीस्थित राम जानकी शान्ति वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई खीर खुवाएर सुनसरी जिल्लाले १८ औ स्थापना दिवस मनाएको थियो । धरान उपमहानगर सम्मेलन सम्पन्न भएपछि जिल्लाका अन्य ठाउँहरुमा पालिका गठनलाई तीब्र रुपमा अघि बढाइने जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए ।