धरानः प्रेस सेन्टर नेपाल धरान उपमहानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले विनोद विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति चयन गरेको छ ।
धरान-१२ चतरा लाइनस्थित होटल स्टार पूर्वीमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा स्वर्णकुमार सम्वाहाम्फे, कोषाध्यक्षमा अंकित ढुङ्गाना चयन भएका छन् ।
कार्य समितिको सदस्यहरुमा निलेष विष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा विश्वकर्मा चयन भएका छन् । त्यस्तै, अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाइली, लक्ष्मी कार्की र दीपन विश्वकर्मा रहेका छन् । नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडीले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, अर्का केन्द्रीय सदस्य केडीलगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरे ।

प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका १ प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेश), केन्द्रका प्रदेश सदस्य अइन्द्रविक्रम बेघा, प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे, माओवादी केन्द्रका नेता फोक्वाहाङ सुब्बा (चोत्लुङ), माओवादी केन्द्रकी नेतृ एवम् महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेङ, प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्माले शुभकामना मन्तब्य ब्यक्त गरे ।
कार्यक्रममा माओवादी नेत्री साबित्रा चौलागाई (भूमिका), वाइसिएल नेपालका केन्द्रीय सदस्य भुवन याक्खा, प्रेस सेन्टरका प्रदेश १ सदस्यद्वय गोविन्द बस्नेत र सञ्जय याखा, माओवादी केन्द्र धरानका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिति थियो । सेन्टरका जिल्ला सहसचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन विनोदले नै गरे ।