-कतिपय बच्चा उठ्नेबितिकै ल्यापटप वा मोबाइल समाउन थाल्छन् । यो कुनै कुलतभन्दा कम होइन । उनीहरूलाई मोबाइलबाट टाढा राख्न ‘हेल्दी रुटिन’ बनाउन आवश्यक छ । बच्चाहरूलाई बिहानको समय पूजापाठमा वा उनीहरूले सक्ने विभिन्न काममा संलग्न गराउन उपयोगी हुन्छ ।
-अहिले घरबाहिर निस्किएर मर्निङवाक र जगिङ गर्न सम्भव नभएमा बच्चाहरूलाई घरमै गर्न सकिने सामान्य शारीरिक अभ्यासमा आफूसँगै संलग्न गराउन सकिन्छ ।
-दिउँसोको समय भने समान्यतया सबैको स्क्रिनमा नै बित्ने गर्छ । विद्यालयले सुरु गरेको ‘अनलाइन क्लास’ स्क्रिनमा बित्ने प्रभावकारी समय हुन सक्छ । ‘अनलाइन क्लास’बाहेक बच्चाले कस्तो सामग्री हेर्दै छन्, त्यसमा भने ख्याल राख्नुपर्छ । प्रत्येक एक घन्टाको अवधिमा उनीलाई स्क्रिनबाट टाढा राख्नु उचित हुन्छ ।
-बच्चाहरूलाई स्क्रिनबाट अलग्याउन अभिभावकले उनीहरूसँग कुराकानी गर्ने, कथा सुनाउने, उनीहरूका विचार सुन्ने गर्नुपर्छ । खाना र खाजाको समयमा मोबाइललाई टाढै राख्नुपर्छ ।
-साँझको केही समय पढाइ–लेखाइमा लगाउनु पर्छ । परिवारका सदस्यको निगरानी भएमा उनीहरूले पढ्न–लेख्न झन्झट मान्ने सम्भावना कम हुन्छ ।
-भान्सामा बच्चाहरूलाई संलग्न गराउनु अर्को उपाय हो । भान्सामा प्रयोग गरिने खाद्यान्न र सामग्री व्यावहारिक तथा प्रयोगात्मक शिक्षा पनि हुन् जुन उनीहरूका लागि आवश्यक छ ।
-मोबाइल, ल्यापटप वा ट्याबसँगै राखेर सुत्नु स्वास्थका लागि लाभदायी हुँदैन । वयस्कहरूले पनि सुत्नुअघिको एक घन्टा स्क्रिनमा नबिताउन विज्ञले सल्लाह दिँदै आएका छन् । यदि, ठूलाबडाबाट यसको सुरुवात भए बच्चाले पनि अवश्य सिक्नेछन् ।
अझ मोबाइलले के के गर्छ ?
अभिभावक-बालक सम्बन्ध अप्राकृतिक बनाउछ:
बालकलाई बिस्तारै अप्राकृतिक र अस्वभाविक बनाउछ। वास्तविक संसारमा भन्दा बालक अबास्तविक संसारमा बढी रुचि राख्न थाल्छ।बुबाआमासगँ समय नबिताउने, अन्त्तरक्रिया नगर्ने मोबाइलमा मात्र झुन्डिने गर्छ जसले आमाबाबु र छोराछोरीको सम्बन्धमा असर गर्दछ । चाडैँ रिसाउछ । झर्किन्छ । रियाक्टिभ हुन्छ । एकोहोरो र जिद्दी प्रवृत्तिको हुन सक्छ । अभिजित नस्कारले त्यतिकै भन्नुभएको होइन “मानिसहरूलाई ध्यान देऊ फोनलाई होइन।”
सिर्जनात्मक क्षमतालाई कमजोर बनाउछ:
मोबाइलमा धेरै गेम खेल्ने,लगातार भिडियो हेर्न,धेरै फिल्म हेर्ने बानीले बालकलाई अल्छी र वास्तविक कार्यमा निष्क्रिय बनाउदै लैजान्छ। बालमनोबिज्ञान विरुद्धका क्षणिक रमाइलो लाग्ने गेमहरु पव्जी,मिनिमिलिटा,फ्री फायर, टेम्पलरन जस्ता खेलहरुले दिमागमा स्लो पोइजनको काम गर्छ्न्।
ज्यादा प्रयोगले निन्द्रामा कमि हुन्छ:
बालबालिकाहरुलाई स्वास्थको हिसाबले दस घण्टा सुत्नु पर्ने हुन्छ । लामो समय मोबाइल चलाउनेहरुको लागि त्यो समय पुग्दैन् । मोबाइल ज्यादा चलाउने बालबालिकाको दिमागलाई नकारात्मक असर गरेको हुन्छ । मनमा मोबाइल सम्बन्धी परिकल्पना गर्ने आदतको बिकास हुन्छ । राती सुत्ने बेलासम्म चलाउदा त्यसले निन्द्रालाई कमि गरिदिन्छ ।
शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ:
अधिक चलाउदा आँखाको दृष्टिमा कमि हुने,कान कम सुन्ने, स्नायूमा असर गर्ने,ढाड र काधमा समस्या हुने,जोर्नी दुख्ने,मसल्सको बिकासमा कमी,रक्तसंचालनमा समस्या देखिन सक्छ् । अधिक मोबाइल चलाउन दिदा बालबालिकामा बेचैनी,डिप्रेसन र तनाव बढ्न जान्छ । मनमा अशान्ति पैदा हुन जान्छ । स्मरण शक्ति कमजोर बनाउँछ । बैज्ञानिकहरुको अनुसार मोबाइल र टिभीको बढी प्रयोगले किशोर किशोरीहरुलाई आत्माहत्या गर्न प्रेरित गर्ने गरेको पाइएको छ । रेडियोलोजिष्ट डा.शैलेन्द्र रुपलेलाका अनुसार,”मोबाइलबाट निस्कने हानिकारक रेडिएसनले ब्रेनलाई असर गर्दछ । र लामो समयसम्म प्रयोग भएमा मस्तिष्कमा क्यान्सर पनि हुन सक्छ ।”
सिकाइमा नकरात्मक असर पर्दछ:
बालबालिका स्मार्टफोनमा नै बढी झुन्डि रहने हुदा सिकाईका लागि चाहिने समयको अभाव हुन जान्छ । सिकाई प्रतिको रुचि घट्न जान्छ । बिस्तारै बालबालिकाको मस्तिष्कमा मोबाईलका बिषयहरुले प्राथमिकता पाई ओगट्ने हुदा सोच्ने र सम्झने क्षमतामा ह्रास आउन थाल्छ।
चलाउने लत बस्न सक्छ:
बालबालिकाहरुको चेतना आइनसकेको हुदा के गर्नु हुन्छ ? के गर्नु हुदैन भनेर छुट्याउन सक्ने हुदैनन् । स्मार्ट डिभाइसहरुले उनिहरुको ध्यान ज्यादा खिच्छ । चलाऊँ चलाऊँ लाग्छ ।
गलत कृयाकलाप तर्फ उत्तेजित हुनसक्छ :
नेपाल सरकारले भल्गर साइटहरु पूर्ण रुपमा प्रतिबन्ध गर्न सकेको छैन् । जे सुकै पनि मोबाइलमा खुल्छ । अस्लिल चित्र भिडियो खुल्ने हुदा बालकले हेरेर बिग्रिने हुन्छ । साथी समूहले त्यस्तो गलत कार्यतर्फ उक्साउने पनि गर्छ्न् ।
-एजेन्सी