Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चुनावको मुखैमा एमालेलाई अप्ठ्यारो !

हाम्रो कोशी आवाज
माघ २९ २०७८, शनिबार
धरानमा चुनावको मुखैमा एमालेलाई अप्ठ्यारो !

धरानः धरानमा धेरै वर्ष एमालेले जित्दै आएको ठाउँ हो । एमालेबाट ‘लौरो उठाएपनि जित्छ’ भन्ने शब्द नै भाइरल बनेर जनताको मन, मस्तिष्कमा पसेपछि केही वर्षअघिको चुनावमा एमालेले हार बेहोरयो ।
धरानमा यसअघि पनि माधव नेपाल खेमाका कार्यकर्ता बढी नै थियो । त्यसकारण पनि एमालेले वर्षेनी चुनावमा जित्ने गरेको थियो । यसपटक माधव खेमामा कार्यकर्ता खासै एमालेमा खुल्न सकेका थिएनन् । खुलेका थिए– एकजना मारवाडी समुदायका व्यक्ति कैलाश अग्रवाल । उनले भन्दै आएका थिए– धेरै कार्यकर्ता माधव खेमाकै छन् तर खुल्न सकेका छैनन् । तर अहिले माधव खेमाका कार्यकर्ता खुलेर आउन थालेपछि उनको पनि दिलमा खुशी छाउन थालेको छ । उनले भेटमा भने– अब हेर्दै जानुहोला, धेरै कार्यकर्ता एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा आइपुग्छन् ।
यसैबीच फरक विचारसहित नेकपा एमालेबाट विद्रोह गरेको पार्टी नेकपा एकीकृत समाजवादी शुक्रबारबाट धरान उपमहानगरपालिकामा समेत उदाएको छ । रेवतरमण राईको अध्यक्षतामा ७१ जनाको कमिटी बनेको छ ।
उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार भएको अधिवेशनमा नेकपा एस धरान उपमहानगर कमिटी समेत बनाइएको छ । नवगठित धरान उपमहानगर कमिटिको उपाध्यक्षमा सुकलाल लिम्बू र पदमा सब्ुबा रहेका छन् भने सचिवमा खेम दाहाल र उपसचिबमा अम्रता सेन्चुरी रामदाम र स्वर्णिम लिम्बू रहेका छन् ।
धरान उपमहानगर कमिटिको सदस्यहरुमा सुजित शंकर, निर्मला दियाली, सञ्जोक बराइली, घमान सिंह विक, भीम लामगादे, कविता विक, मीना गहतराज, अयुब बराइली, सञ्जु दर्नाल, शिला परियार, अमल बराइली, अजय मल्लिक, देवी परियार, वीरन नेपाली, लक्ष्मी लकान्द्री, मुना घताने, शम्भु विश्वकर्मा, रोमन रसाइली, दीपक रसाइली, दिल्पना श्रेष्ठ, अर्जुन श्रेस्ठ, हेमसोभा राई, नन्द श्रेष्ठ, रोशनी राई ,उदिम राई, राजकुमार राई, सविर राई, शुकबहादुर लिम्बू, गंगामाया खड्का लगायत रहेका छन् ।
नेकपा एसकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइञ्चार्ज कमरेड सुस्मा राईको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा पार्टीका प्रदेश एक अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्य रहेको थियो । धरान उपमहानगरपालिका अधिवेसन आयोजक कमिटीका सहसंयोजक कैलाश अग्रवालले नेकपा एसमा आएकाहरुलाई स्वागत गर्दै धरानमा अब एमालेको हरिबिजोक हेर्ने दिन शुरु भएको समेत बताए । उनले सुसुप्तरुपमा चुप लागेर बसेका कार्यकर्ता अब धरानमा खुल्दै जाने र पहिलाकै माधव समूहको जस्तै सक्रियता बढ्ने बताए ।
नेकपा एसका पार्टी पोलिटब्यूरो सदस्य धर्मराज निरौलाले एमालेमा केपी ओलीको उत्पात ज्यादै बढेको भन्दै इमान्दार नेता कार्यकर्ताहरु नेकपा एसमा आउन आग्रह गरे । ‘धरानमा हाम्रो पार्टीले एमालेको घमण्ड तोडेर देखाइदिनेछ’, उनले भने, ‘अब अघि बढ्ने पालो नेकपा एसको ।’
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज महफुज आलम अन्सारीले एमाले भ्रस्टाचारीहरुको पार्टी भएको आरोप लगाए । उनले धराने जनताले ओली र उनका समर्थकहरुको अनुहार चिनिसकेकाले आउने जुनसुकै चुनावमा उनीहरुलाई बढारेर कलम चिह्न अघि बढ्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश अध्यक्ष चौधरीले राष्ट्रिय राजनीतिमा नेकपा एसको भूमिकाले अहिलेको अवस्थामा नेकपा एसमा आकर्षण बढेको बताए ।
कार्यक्रममा बोल्दै नेकपा एस सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाले नवगठित धरान उपमहानर पार्टी कमिटिमा रेवतीरमण राई अध्यक्ष रहेको ७१ सदस्यीय नामावली पढेर सुनाएका थिए । प्रदेश १ का मुख्यमन्त्रीका सल्लाहकार जीवन राई कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: माघ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend