Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ मा कांग्रेसले ३२ जना भित्र्यायो

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७८, सोमबार
धरान-१७ मा कांग्रेसले ३२ जना भित्र्यायो

धरानः नेपाली कांग्रेस धरान १७ बुथ कार्यालयको उद्घाटन गरिएको छ । आइतबार बुथ कार्यालयको कांग्रेस प्रदेश एकका महामन्त्री उमेश थापाले उद्घाटन गरेको हो ।
महामन्त्री थापाले धरानमा कांग्रेसको सक्रियता बढेसँगै जनताको विश्वास बढ्दै गएको बताए । धरानमा कांग्रेसलाई मजबुत बनाउन सबै एकजुट भएर लाग्नुपर्ने महामन्त्री थापाको जोड थियो ।
यस्तै, काग्रेस धरान ८ बुथ समितिको संयोजनमा अरुण टोल समिति गठन गरेको छ । बिजय तामाङ्गको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको कांग्रेस धरान नगर समितिका सचिव जितेन्द्र राईले बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३२ जना नेपाली कांग्रेसमा प्रवेश गरेको पनि सचिव राईले जानकारी दिए । कांग्रेस धरान नगर समितिले फागुन मसान्तभित्र सबै वार्डको सबै टोलमा टोल समिति गठन गरिसक्ने लक्ष्य लिएको छ । सोही लक्ष्यनुसार अहिले टोल कमिटी विस्तार गर्ने अभियान जारी रहेको सचिव राईले बताए ।
टोल समिति कार्यक्रममा कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापती सुजेन्द्र तामाङ्ग, सुनसरी क्षेत्र नं. १ (१) का अनिल श्रेष्ठ नगर सभापति श्याम पोख्रेल, नेता किशोर राई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: फाल्गुन २ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend