धरानः चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छिन् ।
भ्यालेन्टाइन डे को अवसरमा उनको प्रेम उजागर भएको हो । उनले वैशाखमा मात्रै विवाह गर्ने खुलासा गर्दै आएकी थिइन् ।
उनले बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् । उनका अनुसार उनीहरु दुवैबीच लामो समयदेखि प्रेम थियो । अमेरिकामा बस्दै आएका शाही र उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन् । शाही पेशाले पर्यटन व्यवसायी हुन् ।
नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । निर्माता छविराज ओझासँग विवाह गरेकी उनीहरुबीच १० वर्षअघि डिभोर्स भएको थियो । माघ २८ गते काठमाडौंस्थित घरमै दुईजना विधिवत बिहे गरेका थिए । बिहे दर्ता भएपछि मात्र आमालाई रेखाले जानकारी गराएकी थिइन् । शाहीको जन्मथलो जाजरकोट हो भने रेखाको पूर्वको मोरङ हो ।
