Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमसिसीबारे छलफल जरुरीः अशोक राई

हाम्रो कोशी आवाज
फाल्गुन ३ २०७८, मंगलबार
एमसिसीबारे छलफल जरुरीः अशोक राई

धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले एमसिसीबारे व्यापक छलफल हुनुपर्ने बताएका छन् ।
धरानमा जनता समाजवादी पार्टीको सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समिति गठनको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले जसपाका २२ सांसद भएको भन्दै पास गर्न पनि नसक्ने र फेल गर्न पनि नसक्ने बताए । एमसिसीलाई ठूला पार्टीले संसदमा जसरी ल्याउँछन्, सोहीअनुसार छलफल हुने उनको भनाइ थियो । ‘त्यसपछि एमसिसीको दफा दफामा छलफल हुन्छ’, उनले भने, ‘अहिले एमसिसीबारे गाली दिने, लिने काम नगरेकै बेस ।’
प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नामाकरणको लागि राई र लिम्बू मिल्नुको विकल्प नरहेको बताए ।
स्वास्थ्य मन्त्री यादवले प्रदेश १ नामाकरण लिम्बुवान–किरात के हुने भन्ने विषयमा एकमत भएर धारणा आउनुपर्ने बताए । प्रदेश १ लिम्बू र राईको ऐतिहासिकताको आधार नामाकरणका लागि एकमत हुनुपर्ने र एकमतको धारणा पनि आउनुपर्ने उनले बताए । ‘राई, लिम्बू मिल्न सकेनन् भने अरु नाम पनि आउन सक्छ’, उनले भने । मन्त्री यादवले राजनीति मार्केटिङ जस्तै भएको भन्दै जनता समाजवादीको एजेन्डा जस्तो अरु पार्टीको जस्तो नभएको बताए ।
केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले सैद्धान्तिक तथा वैचारिक मतभेद नभएकोले पार्टी फुट्ने हल्ला मात्र भएको बताए ।
यसैबीच समाजवादीको नगेन्द्र पारघरीको अध्यक्षतामा ३३ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ । सदस्यहरु सन्तोष कुरुम्बाङ, ताजुप लिम्बू, बिमा पुमा राई, प्रेम शाक्य, हेमराज जिमी, शम्भु राई, सुमन चेम्जोङ, कमला सुब्बा, सीता राई, लक्ष्मी राई, निर्वाचन राई, ब्रीषमान राई, नरकुमार लिम्बू, पर्शु मेवाहाङ राई, भगिराज चेम्जोङ, मदन तामाङ, लेखमान सुब्बा, हरिकुमार राई, शिव आङ्देम्बे, रामकाजी राई, बिन्द्रकुमार राई, जीतकुमार राई, रामबहादुर खड्का, शिलास राई, अशोककुमार चौधरी, नरेश राई, विमल राई, जीतबहादुर राई, अञ्जना राई, दिलीप राई, धनराज राई, राजु बस्नेत र रामकुमार राउत रहेका छन् ।

प्रकाशित मिति: फाल्गुन ३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend